राजनीति
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा वार्ता
शनिबार, ३० पुस २०७९, ०९ : ५४

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा सरकार विस्तार र सभामुख निर्वाचनको विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । दुई नेताबीच प्रदेश सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको बताइन्छ ।
प्रमुख सत्ता साझेदार दलहरुबीच भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । त्यसैगरी सभामुख र राष्ट्रपति जस्ता पदमा नेपाली कांग्रेसले पनि दाबी गर्दा गठबन्धनमा संशय पैदा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको बेरुजु घट्दो, बेथिति बढ्दो
-
विश्व पौडेलविरूद्धको रिट दरपीठ, इजलासमा जाने अधिवक्ताको तयारी
-
बालाजु क्षेत्र र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु
-
१० महिनामा वैदेशिक रोजगारसम्बन्धी ४ हजारभन्दा बढी उजुरी
-
१० महिनामा ६ लाख ८५ हजार नेपालीले लिए श्रम स्वीकृति
-
रवि र छविको मुद्दा हेर्दाहेर्दैमा, आइतबार अर्को पेसी