मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

मधेसका उद्योगमा १ खर्ब कर्जा प्रवाह

सोमबार, ०२ माघ २०७९, ०५ : ५१
सोमबार, ०२ माघ २०७९

वीरगञ्ज । मधेस प्रदेशका उद्योग प्रतिष्ठानमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय मधेस प्रदेशले तयार पारेको आर्थिक गतिविधिसम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

आर्थिक वर्ष (आव) २०७८/७९ लाई आधार मानेर राष्ट्र बैंकले तयार पारेको प्रतिवेदनअनुसार मधेस प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा १ खर्ब २ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष मधेसमा १ खर्ब ५ अर्ब २३ करोड रुपैयाँ लगानी भएको थियो । सबैभन्दा बढी कर्जा पर्सा जिल्लामा लगानी भएको देखिन्छ । पर्सा जिल्लाका उद्योगमा कुल कर्जाको ५६ दशमलव शून्य ५ प्रतिशत प्रवाह भएको छ । मुख्य नाका वीरगञ्जसँगै रहेकाले वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरमा अधिकांश उद्योग खुलेका छन् । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप