मधेसका उद्योगमा १ खर्ब कर्जा प्रवाह
वीरगञ्ज । मधेस प्रदेशका उद्योग प्रतिष्ठानमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय मधेस प्रदेशले तयार पारेको आर्थिक गतिविधिसम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।
आर्थिक वर्ष (आव) २०७८/७९ लाई आधार मानेर राष्ट्र बैंकले तयार पारेको प्रतिवेदनअनुसार मधेस प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा १ खर्ब २ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष मधेसमा १ खर्ब ५ अर्ब २३ करोड रुपैयाँ लगानी भएको थियो । सबैभन्दा बढी कर्जा पर्सा जिल्लामा लगानी भएको देखिन्छ । पर्सा जिल्लाका उद्योगमा कुल कर्जाको ५६ दशमलव शून्य ५ प्रतिशत प्रवाह भएको छ । मुख्य नाका वीरगञ्जसँगै रहेकाले वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरमा अधिकांश उद्योग खुलेका छन् । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण