चोभारको बन्दरगाह नचलेपछि पार्किङ बनाइँदै
काठमाडौँको चोभारमा रहेको ‘चोभार सुक्खा बन्दरगाह’मा पार्किङ र गोदाम स्थल बनाउन लागिएको छ । व्यापार सहजीकरण गर्न विश्व बैङ्कको सहयोगमा निर्माण भएको बन्दरगाह प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेपछि बन्दरगाहको पूर्वाधारलाई प्रयोगमा ल्याउन पार्किङ स्थल र गोदाम सञ्चालनमा ल्याउन लागिएको हो ।
आगामी एक साताभित्रमा सञ्चालनमा ल्याउने तयारी गरिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । व्यापार सहजीकरण गर्ने उद्देश्यका बन्दरगाह निर्माण गरी सञ्चालनमा आएको नौ महिनासम्म पनि प्रभावकारी रूपमा सञ्चालन नहुुँदा पूर्वाधारको अधिकतम प्रयोग गर्न बन्दरगाहलाई लजिस्टिक हबका रूपमा सञ्चालन गर्न लागिएको हो । समितिका कार्यकारी निर्देशक आशिष गजुुरेलले बन्दरगाह आगामी एक सातामा ‘लजिस्टिक हब’का रूपमा सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए । सुुक्खा बन्दरगाहमा रहेको ९० रोपनी जग्गामा एक साताभित्रमा हब सञ्चालन गर्ने तयारी गरिएको उनले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण