तीन वटा इन्स्योरेन्स मर्जरका लागि सम्झौता
काठमाडौँ । तीन वटा इन्स्योरेन्स मर्जरका लागि सम्झौता भएको छ । आइतबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको उपस्थितिमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एकापसमा गाभ्ने गाभिने सम्बन्धमा सैद्धान्तिक सहमति भई गाभ्ने गाभिने प्रक्रियामा रहेकोमा मर्जरसम्बन्धी अन्तिम सम्झौता सम्पन्न भएको हो ।
तीन वटै इन्स्योरेन्सको १ः१ः१ शेयर अनुपात कायम गरिएको छ । मर्जर पश्चात् कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण रहने सम्झौता भएको छ ।
मर्जर भएपछि कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ । कम्पनीको मर्जर लगायतको कार्यहरू नियमित गरी कर्मचारी व्यवस्थापन र शाखाहरूको व्यवस्थापन सम्बन्धी कार्यलाई अघि बढाउने र समग्रमा एकीकृत कारोबार यथाशक्य छिटो सुरु गर्ने समेत सहमति भएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण