बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तीन वटा इन्स्योरेन्स मर्जरका लागि सम्झौता

सोमबार, ०२ माघ २०७९, ११ : ०३
सोमबार, ०२ माघ २०७९

काठमाडौँ । तीन वटा इन्स्योरेन्स मर्जरका लागि सम्झौता भएको छ । आइतबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको उपस्थितिमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एकापसमा गाभ्ने गाभिने सम्बन्धमा सैद्धान्तिक सहमति भई गाभ्ने गाभिने प्रक्रियामा रहेकोमा मर्जरसम्बन्धी अन्तिम सम्झौता सम्पन्न भएको हो । 

तीन वटै इन्स्योरेन्सको १ः१ः१ शेयर अनुपात कायम गरिएको छ । मर्जर पश्चात् कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण रहने सम्झौता भएको छ । 

मर्जर भएपछि कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ । कम्पनीको मर्जर लगायतको कार्यहरू नियमित गरी कर्मचारी व्यवस्थापन र शाखाहरूको व्यवस्थापन सम्बन्धी कार्यलाई अघि बढाउने र समग्रमा एकीकृत कारोबार यथाशक्य छिटो सुरु गर्ने समेत सहमति भएको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप