शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार आरोपमा युवक पक्राउ

सोमबार, ०२ माघ २०७९, १६ : २३
सोमबार, ०२ माघ २०७९

काठमाडौं । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देहीबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मर्चवारी गाउँपालिका–४ महादेही बस्ने २६ वर्षीय सञ्जय पासी छन् ।

१४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा उनलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप