अवतरण अघि पाइलटले कुनै ‘अप्रिय’ सङ्केत गरेका थिएनन् : पोखरा विमानस्थल
काठमाडौँ । पोखरा विमानस्थलका प्रवक्ताले आइतबार दुर्घटना भएको यती एयरलाइन्सको एटीआर ७२ विमानका पाइलटले दुर्घटना अघिसम्म कुनै ‘अप्रिय’ कुरा रिपोर्ट नगरेको बताएका छन् । अनुप जोशीले घटना भएको समयमा ‘मौसम सफा र भिजिबिलिटी पनि राम्रो’ रहेको जिकिर गरेका हुन् ।
आइतबार बिहान दुर्घटना भएको यती एयरलाइन्सको विमानमा ७२ जना सवार थिए । विमानमा सवारमध्ये ६९ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता रहेका छन् । मोबाइल फोनको फुटेजमा विमान दुर्घटना अघि तीव्र गतिमा घुमेको देखिएको थियो । रनवेतर्फ अघि रहेको विमान त्यहाँभन्दा करिब एक किलोमिटर अघि एक्कासि सेती नदीको खोँचमा खसेको थियो ।
जोशीका अनुसार विमान रनवे ३० बाट ल्यान्ड गर्ने पूर्व तालिका रहेको थियो । तर, पछि पाइलटले रनवे १२ बाट अवतरण गर्ने अनुमति मागेपछि त्यसका लागि पनि विमानस्थलले अनुमति दिएको उनको भनाई छ । ‘हामी दुईवटै रनवेबाट काम गर्न सक्छौँ । विमानलाई अवतरण गर्न क्लियरेन्स दिएका थियौँ,’ बीबीसीसँग कुराकानी गर्दै उनले भने ।
विमानस्थल सञ्चालनका लागि खुलेको १५ दिनमा नै दुर्घटना हुनु दुखद् भएको उनले बताए । यो दुर्घटना पछिल्लो ३० वर्षकै सबैभन्दा ठुलो हो । विमानको फ्लाइट डाटा र भ्वाइस रेकर्डर फेला पारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण