अवतरण अघि पाइलटले कुनै ‘अप्रिय’ सङ्केत गरेका थिएनन् : पोखरा विमानस्थल

काठमाडौँ । पोखरा विमानस्थलका प्रवक्ताले आइतबार दुर्घटना भएको यती एयरलाइन्सको एटीआर ७२ विमानका पाइलटले दुर्घटना अघिसम्म कुनै ‘अप्रिय’ कुरा रिपोर्ट नगरेको बताएका छन् । अनुप जोशीले घटना भएको समयमा ‘मौसम सफा र भिजिबिलिटी पनि राम्रो’ रहेको जिकिर गरेका हुन् ।
आइतबार बिहान दुर्घटना भएको यती एयरलाइन्सको विमानमा ७२ जना सवार थिए । विमानमा सवारमध्ये ६९ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता रहेका छन् । मोबाइल फोनको फुटेजमा विमान दुर्घटना अघि तीव्र गतिमा घुमेको देखिएको थियो । रनवेतर्फ अघि रहेको विमान त्यहाँभन्दा करिब एक किलोमिटर अघि एक्कासि सेती नदीको खोँचमा खसेको थियो ।
जोशीका अनुसार विमान रनवे ३० बाट ल्यान्ड गर्ने पूर्व तालिका रहेको थियो । तर, पछि पाइलटले रनवे १२ बाट अवतरण गर्ने अनुमति मागेपछि त्यसका लागि पनि विमानस्थलले अनुमति दिएको उनको भनाई छ । ‘हामी दुईवटै रनवेबाट काम गर्न सक्छौँ । विमानलाई अवतरण गर्न क्लियरेन्स दिएका थियौँ,’ बीबीसीसँग कुराकानी गर्दै उनले भने ।
विमानस्थल सञ्चालनका लागि खुलेको १५ दिनमा नै दुर्घटना हुनु दुखद् भएको उनले बताए । यो दुर्घटना पछिल्लो ३० वर्षकै सबैभन्दा ठुलो हो । विमानको फ्लाइट डाटा र भ्वाइस रेकर्डर फेला पारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय ललितकला प्रदर्शनीमा ‘कलामा विविधता’ थप्नेगरी तयारी
-
खनाल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, तीन वर्षभित्र ४०८ वटा काम गरिने (पूर्णपाठ)
-
नेपालको स्विट्जरल्यान्ड उपमा पाएको सुन्दर जिरी, २५ तस्बिरमा हेर्नुहोस्
-
लागुऔषध नियन्त्रणमा लाग्न सुरक्षा निकायहरूलाई गृहमन्त्री लेखकको निर्देशन
-
संवैधानिक निकाय पदाधिकारीविहीन, कहाँ कहाँ छन् रिक्त ?
-
उत्तर प्रदेशमा आँधी र वर्षाका कारण ५१ जनाको मृत्यु