रुस र बेलारुसले संयुक्त वायुसेना अभ्यास सुरु
मस्को । बेलारुसले सोमबार रुससँगको संयुक्त वायुसेना अभ्यास आफ्नो क्षेत्रमा सुरु भएको जानकारी दिएको छ ।
मिन्स्कको रक्षा मन्त्रालयले बेलारुस र रुसबाट उड्डयन एकाइहरूको संयुक्त रणनीतिक उडान अभ्यास सुरु भएको बताएको छ ।
अभ्यास फेब्रुअरी १ सम्म चल्ने पनि मन्त्रालयले जानकारी दिएको छ । अभ्यासको मुख्य लक्ष्य लडाई प्रशिक्षण मिसनहरूको संयुक्त प्रदर्शनमा परिचालन अनुकूलता बढाउनु भएको मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । बेलारुसका सबै सैन्य एयरफिल्डहरू अभ्यासमा संलग्न हुनेछन्, मिन्स्कले जानकारी दिएको छ ।
उक्त अभ्यासमा हवाई अनुगमन, राज्यको सीमामा संयुक्त गस्ती, रणनीतिक हवाई आक्रमण अवतरण, सामान ढुवानी र घाइतेको उद्धार गर्ने तालिम हुने मन्त्रालयले जनाएको छ । अधिकारीहरूले अभ्यासलाई रक्षात्मक रूपमा वर्णन गरेका छन्।अभ्यास विशुद्ध रूपमा रक्षात्मक प्रकृतिको भएको बेलारुसको सुरक्षा परिषद्का प्रथम उप–राज्य सचिव, पावेल मुरावेकोले बताएका छन् ।
उक्त अभ्यासमा हवाई अनुगमन, राज्यको सीमामा संयुक्त गस्ती, रणनीतिक हवाई आक्रमण अवतरण, सामान ढुवानी र घाइतेको उद्धार गर्ने तालिम हुने मन्त्रालयले जनाएको छ । (रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण