सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

रुस र बेलारुसले संयुक्त वायुसेना अभ्यास सुरु

सोमबार, ०२ माघ २०७९, १६ : ५४
सोमबार, ०२ माघ २०७९

मस्को । बेलारुसले सोमबार रुससँगको संयुक्त वायुसेना अभ्यास आफ्नो क्षेत्रमा सुरु भएको जानकारी दिएको छ । 

मिन्स्कको रक्षा मन्त्रालयले बेलारुस र रुसबाट उड्डयन एकाइहरूको संयुक्त रणनीतिक उडान अभ्यास सुरु भएको बताएको छ । 

अभ्यास फेब्रुअरी १ सम्म चल्ने पनि मन्त्रालयले जानकारी दिएको छ । अभ्यासको मुख्य लक्ष्य लडाई प्रशिक्षण मिसनहरूको संयुक्त प्रदर्शनमा परिचालन अनुकूलता बढाउनु भएको मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । बेलारुसका सबै सैन्य एयरफिल्डहरू अभ्यासमा संलग्न हुनेछन्, मिन्स्कले जानकारी दिएको छ । 

उक्त अभ्यासमा हवाई अनुगमन, राज्यको सीमामा संयुक्त गस्ती, रणनीतिक हवाई आक्रमण अवतरण, सामान ढुवानी र घाइतेको उद्धार गर्ने तालिम हुने मन्त्रालयले जनाएको छ । अधिकारीहरूले अभ्यासलाई रक्षात्मक रूपमा वर्णन गरेका छन्।अभ्यास विशुद्ध रूपमा रक्षात्मक प्रकृतिको भएको बेलारुसको सुरक्षा परिषद्का प्रथम उप–राज्य सचिव, पावेल मुरावेकोले बताएका छन् । 

उक्त अभ्यासमा हवाई अनुगमन, राज्यको सीमामा संयुक्त गस्ती, रणनीतिक हवाई आक्रमण अवतरण, सामान ढुवानी र घाइतेको उद्धार गर्ने तालिम हुने मन्त्रालयले जनाएको छ । (रासस/एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप