चीन जाँदै अमेरिकी विदेशमन्त्री ब्लिनकेन
बुधबार, ०४ माघ २०७९, ०७ : १५
न्युयोर्क । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको भ्रमण गर्ने भएका छन् । वासिंगटन र बेइजिङबीच तनाव चर्किरहेका बेला विदेशमन्त्री ब्लिन्केनले चीचनको भ्रमण गर्न लागेका हुन् । ब्लिनकेनको विदेश भ्रमणको तालिका सार्वजनिक गरिएको छैन् । तर, यसै साता उनी चीन जाने पोलिटकोले जनाएको छ ।
दुई दिने उक्त भ्रमणको मुख्य ‘एजेण्डा’ युक्रेन युद्ध, चीनको हतियार भण्डार र चीनमा रहेका अमेरिकी नागरिकहरुलगायत रहेको जनाइएको छ । भ्रमणका क्रममा विदेशमन्त्री ब्लिनकेनले चिनियाँ समकक्षीसँग भेटवार्ता गर्ने छन् ।
अमेरिकी विदेश मन्त्रालय र चीन सरकारले भ्रमणसम्बन्धी आधिकारिक विवरण सार्वजनिक गर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण