सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले पहाडी भूभागका आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ ।
दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ । राति सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको प्रक्षेपण गरिएको छ ।
शुक्रबार पनि सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानसँगै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनका विद्यार्थी धान रोप्न सिक्दै
-
उत्कृष्ट लयमा रहेका स्ट्राइकर उएदा
-
अर्थमन्त्री भन्छन्– शाहसिक सुधारको जग बसालिएको छ
-
२३० मेगावाटको जगदुल्ला जलविद्युत् परियोजना : ‘कर्णाली समृद्धिको दरिलो खम्बा’
-
हेटौँडा-कुलेखानी-फाखेल सडक असार २५ गतेसम्म नखुल्ने
-
नेपालको हवाई उद्योगको क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैन : पर्यटनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण