कालो गहुँ खेतीमा आकर्षण घट्दो, माग धान्न भारतको भर
जुम्ला सडक सञ्जालसँग जोडिएपछि कालो गहुँ (उवा)को खेती गर्ने प्रचलन लोप हुँदै गएको छ। पहिला जुम्ली किसानले बर्सेनि बारीमा कालो गहुँको खेती गरे पनि पछिल्लो समय कालो गहुँ खेतीमा आकर्षण घट्दो क्रममा देखिएको छ।
जुम्ला चन्दननाथ नगरपालिका - ८ का भैरबहादुर धरालाले कालो गहुँको खेती गर्न छाडेको तीन वर्ष भयो । उनले भने तीन वर्ष पहिलेसम्म बर्सेनि बारीमा कालो गहुँको खेती गरिरहेका हुन्थे। तर अहिले कालो गहुँको खेती गर्न छाडेको छु। धरालाका अनुसार कालो गहुँ सुगर फ्री भएकोले अहिले बजारमा अत्यधिक माग छ। जुम्लाबाटै व्यापारीले कालो गहुँ प्रतिकेजी २ सय ६० रुपैयाँमा खरिद गरेर लिने गरेको उनले जनाए।
कालो गहुँ खेती जुम्लाको एक नगरपालिकासहित ७ गाउँपालिकाको ६० वटा वडामै हुन्छ । अहिले पनि सिंजा, कनकासुन्दरी, हिमा र पातारासी गाउँपालिकाका किसानले कालो गहुँको उत्पादन गरेर बेचिरहेका छन् । सिंजा -२ का टिकराज धितालले गत वर्ष मात्रै जुम्लादेखि १५ क्विन्टल कालो गहुँ खरिद गरेर चितवन पुर्याएको जनाए। उनले किसानलाई घरदैलोमै प्रतिकेजी २ सय ६० रुपैयाँ उपलब्ध गराएको सुनाए।
जुम्लामा सडक पुगेसँगै कालो गहुँको खेती लोप हुँदै गएको स्थानीय बताउँछन्। जुम्लाको उत्पादनले माग नधानेकाले भारतबाट खरिद गरेर ल्याउने गरिएको व्यापारीहरू बताउँछन्। जुम्लामा कालो गहुँ मंसिर महिनामा छरेर जेठ महिनामा उत्पादन भित्र्याउने गरिन्छ।
कालो गहुँमा उच्च जिंक तत्व, सुगर फ्री हुने भएकाले यसको रोटी मधुमेहका बिरामीका लागि फाइदाजनक हुने बताइन्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा उच्च हुने र क्यान्सरका बिरामीलाई पनि फाइदा पुर्याउने चिकित्सकहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण