हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको छ : मन्त्री किराँती
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा पोखरामा भएको जहाज दुर्घटनाबारे जानकारी गराउन नेपाली काँग्रेसले माग गरेसँगै सरकारको तर्फबाट जानकारी गराउँदै हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताएका हुन् ।
उनले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताए । उनले हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताए । उनले मृतकहरूले श्रद्धाञ्जली पनि व्यक्त गरे । गत माघ १ गते पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेका ७२ मध्ये ७१ जनाको शव फेला परेको जानकारी दिए । उनले अझै एकजना शिशुको शव खोजी कार्य जारी रहेको जानकारी दिए । उनले सरकारले खोजी कार्यमा नेपाल प्रहरी, नेपाल आर्मी, नेपाल सशस्त्र प्रहरी बल लगायतका निकाय खोजी कार्यमा निरन्तर लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण