मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको छ : मन्त्री किराँती

बिहीबार, ०५ माघ २०७९, १२ : १८
बिहीबार, ०५ माघ २०७९

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा पोखरामा भएको जहाज दुर्घटनाबारे जानकारी गराउन नेपाली काँग्रेसले माग गरेसँगै सरकारको तर्फबाट जानकारी गराउँदै हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताएका हुन् । 

उनले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताए । उनले हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताए । उनले मृतकहरूले श्रद्धाञ्जली पनि व्यक्त गरे ।  गत माघ १ गते पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेका ७२ मध्ये ७१ जनाको शव फेला परेको जानकारी दिए । उनले अझै एकजना शिशुको शव खोजी कार्य जारी रहेको जानकारी दिए । उनले सरकारले खोजी कार्यमा नेपाल प्रहरी, नेपाल आर्मी, नेपाल सशस्त्र प्रहरी बल लगायतका निकाय खोजी कार्यमा निरन्तर लागेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप