संसदलाई सरकारले नियन्त्रण गर्नुहुँदैन : भण्डारी
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य शरदसिंह भण्डारीले विभिन्न घटनाको छानविनका लागि समिति बनेपनि त्यसको कार्यान्वयन नभएको गुनासो गरेका छन् । विभिन्न घटनाहरुका बारेमा छानविन गर्न गठन भएको समितिले तयार पारेका प्रतिवेदन कार्यान्वयन गराउन लागि उनले माग पनि गरे । बिहीबार प्रतिनिधिसभामा बोल्दै उनले सबैको अपनत्व हुने गरी संविधान बनाउन सबैले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको र सोही अनुसारको काम गर्न पनि आग्रह गरे ।
विगतको संसद अनाकर्षण तरिकाले बितेको बताउँदै नेता भण्डारीले सरकारको छायाँको रुपमा संसद हुन नहुने बताए । भण्डारीले यदि त्यस्तो भएमा अपेक्षा अनुसारको काम गर्न नसकिने बताए । यो सदनबाट निकै आशा र भरोसा गरेको बताउँदै उनले जनताको अपेक्षा यो सदनले पुरा गर्नुपर्ने धारणा राखे । संसदमा बसेर प्रधानमन्त्री र मन्त्रीहरुले आदेश र उपदेश दिने काम भएको दावी गर्दै उनले यसले संसदको गरिमालाई कायम राख्न नसक्ने धारणा राखे । ‘सदनले सरकार जन्माउँछ, सरकारले सदन जन्माउँदैन, यहाँ उल्टै भएको छ, यहाँ सरकारले सदन चलाएको जस्तो देखिएको छ’ उनको टिप्पणी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण