एलसीमा नगद मार्जिन हट्यो
निजी क्षेत्रको चर्को विरोध र अन्तर्राष्ट्रिय दबाबपछि १३ महिनापछि नेपाल राष्ट्र बैंकले आयातमा लगाउँदै आएको नगद मार्जिनको व्यवस्था हटाएको छ । बिहीबार राष्ट्र बैंकको विदेशी विनिमय विभागले एकीकृत परिपत्र जारी गर्दै यसअघि लगाएको नगद मार्जिनलाई हटाएको हो ।
राष्ट्र बैंकले २०७८ पुस ५ र २०७८ माघ २६ गते दुईपटक गरी ४८ समूह हार्मोनी कोडका करिब १४ सय वटा वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोल्दा अनिवार्य ५० प्रतिशतदेखि शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकले गत मंसिर १७ गते निर्माणसम्बन्धी हार्मोनी कोडका ६८ वटा वस्तु आयातमा भने नगद मार्जिन हटाइसकेको थियो । वस्तु आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरिनुका साथै, प्रतीतपत्र खोलेर मात्रै आयात गर्नुपर्ने व्यवस्थालाई समेत सहजीकरण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
तरलता बढ्नुका साथै वैदेशिक मुद्राको सञ्चिति घटेपछि राष्ट्र बैंकले आयातमा कडाइ गर्दै एलसीमा अनिवार्य नगद मार्जिनको व्यवस्था गरेको थियो । तर, सरकारले आयातमा कडाइ गरेको भन्दै अन्तर्राष्ट्रिय वित्त निगम ९आईएफसी० लगायतले चासो राखेका थिए ।
त्यस्तै, उद्योगी व्यवसायीले हटाउन सकारलाई दबाब दिँदै आएका थिए । अब आयातकर्ताले एलसी, ड्राफ्ट/टीटी, डीडीमार्फत् वस्तु आयात गर्न पाउनेछन् । राष्ट्र बैंकले यसअघिसम्म एलसी खोल्दा लगाएको सीमासमेत हटाएको छ ।यो समाचार नेपालसमाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाममा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
कोशी सरकारले सांसदका स्वकीयलाई पारिश्रमिक दिने
-
सिँचाई सुविधापछि धानखेतमा कोदो रोप्नुपर्ने बाध्यता हट्यो
-
धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ : मन्त्री चौधरी
-
थप २ हजार विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउने आदेश कार्यान्वयन गर्न निर्देशन
-
बाचुन्जेल कुर्सी नछाड्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनका लागि बाधक : युवराज ज्ञवाली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण