शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

सन्दीपले क्रिकेट छाड्ने संकेत गरेका हुन् ?

शुक्रबार, ०६ माघ २०७९, २२ : १७
शुक्रबार, ०६ माघ २०७९

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले क्रिकेट छोड्ने संकेत गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरको बायोमा ‘इन्ड अफ स्टोरी हिअर’ राखेका छन् ।

राष्ट्रिय क्रिकेट खेलाडी राखेको स्थानमा उनले बायो परिवर्तन गरेका हुन् । लामो समय नेपाली क्रिकेटमा योगदान गरेका सन्दीपले अहिले क्रिकेट नै छोड्ने मनसाय बनाएको देखिन्छ ।

बिहीबार मात्र क्यानले सन्दीपलाई राष्ट्रिय टोलीमा बोलाउन कुनै योजना नभएको बताएको थियो । सन्दीप अहिले बालिका बलात्कारको मुद्दा खेपिरहेका छन् । 

sandeep l

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप