मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चोरीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ

शुक्रबार, ०६ माघ २०७९, १४ : २५
शुक्रबार, ०६ माघ २०७९

दाङ । घोराही उपमहानगरपालिका-१४ स्थित ग्लोबल ओरियन्टस् नेपाल प्राइभेट लिमिटेडको (अनलाइन सपिङ) कार्यालयमा चोरी भएको घटनामा संलग्न रहेको आरोपमा घोराही उपमहानगरपालिका-३ गोग्ली घर भई सोही उपमहानगरपालिका-१५ आईरनगेट नजिक डेरा गरी बस्ने १९ वर्षीय रेशम चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

उक्त कार्यालयमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले चोरीमा संलग्न सोही लिमिटेडमा कार्यरत कर्मचारी चौधरीलाई नगद १ लाख ८८ हजार रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप