इन्गेजमेन्टको तस्बिर सेयर गर्दै सुवेक्षाले भनिन्, ‘आश्वासन जोशी, तिमीसँग यो सुन्दर जीवन बिताउन उत्साहित छु’

अभिनेत्री सुवेक्षा खड्काले प्रेमी आश्वासन जोशीसँग बिहिबार इन्गेजमेन्ट गरेकी छिन् । उनले इन्गेजमेन्टका तस्बिर साझा गर्दै आफ्ना भावी श्रीमान्का लागि मायाको वर्षा गरेकी छिन् ।
उनले सातवटा तस्बिर पोस्ट गर्दै प्रेमीका लागि लेखेकी छिन्, ‘बु, मेरो माया र सम्मान तिम्रो लागि प्रत्येक दिन बढेको मात्रै छ । तिमी नै मेरो चन्द्रमा हौ जसले मलाई शान्त गराउँछ, मेरो मन पगाल्छ र मलाई यो अनुभूति कति विशेष छ भनेर महसुुस गराउँछ ।’
‘आश्वासन जोशी, मेरो मायालु र सबैभन्दा दयालु व्यक्ति, मेरो फियान्से, म तिमीसँग यो सुन्दर जीवन बिताउन उत्साहित छु । आऊ, सँगै मिलेर प्रत्येक दिन उत्कृष्ट बनाऔँ ।’
आश्वासनले केही दिन अघि आफ्नो जन्मदिनको अवसरमा फिल्मी शैलीमा शुवेच्छालाई हिराको औँठी लगाइदिएर विवाहको प्रस्ताव राखेका छन् । यी दुईले छिट्टै नै विवाह गर्ने योजना बनाएको पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएको आईपीएल आजबाट सुरु हुँदै, यस्तो छ तालिका
-
आज ३२ औँ मदन–आश्रित दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
'जब–जब शक्तिले न्यायिक क्रूरता फैलाउँछ, हामी काफ्का सम्झन्छौँ'
-
डोटीमा प्रचण्डको मर्निङ वाक, थपिए विद्यार्थी
-
मदन-आश्रितको स्मरण गर्दै ओली भन्छन्– जबजले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो