अवस्था ठिक नभएका ११ र मापदण्डभन्दा बढी धूवाँ फाल्ने ७ वटा सवारी साधन कारबाहीमा
ललितपुर । ललितपुरको महालक्ष्मीस्थानमा शुक्रबार गरिएको सवारी साधनको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका भाडाका बस, ट्याम्पो, फोर्स गाडी र पिकअपभ्यान लगायतका ११ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
दक्ष तालिम प्राप्त प्राविधिकसहितको टोलीद्वारा आज दिउँसो १०२ वटा सवारी साधन चेकजाँच गरिएकोमा हेण्डब्रेक नभएका, लाइटहरू नभएका र टायर धेरै घिस्रिएका सवारी साधन कारबाहीमा परेका हुन् ।
अवस्था ठिक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले सम्भावित जोखिम कम गर्न सवारी साधनको अवस्था चेकजाँच गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै काठमाडौँको बबरमहलमा शुक्रबार गरिएको प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूवाँ फाल्ने ७ वटा सवारी साधन कारबाहीमा परेका छन् ।
वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले ३८ वटा सवारी साधनलाई चेक गर्दा मापदण्डभन्दा बढी धूवाँ फाल्ने भाडाका बस २, पिकअप भ्यान ३, टाटा सुमो १ र स्कार्पियो १ गरी ७ ओटा सवारी साधन कारबाहीमा परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण