डोजर
दिपेन्द्र आचार्य
डोजर चलाउने नै भए
ए मेरो सरकार,
यो मनभरी चलाइदेऊ
अनि भत्काइदेऊ
अनाधिकृत रुपमा बनेका
उसको मायाको घरहरु
अनि तोडिदेऊ
उसको यादका पर्खालहरु,
जसले आज पनि
म दुखिरहन्छु
खाडीको यो तातो घाममा ।
चिसो सिरेटो उसै गरी चल्छ
मनको हिमालभरी आज पनि
जसको आभास
चिसो पेटीनेर सुतेको
एक पेट भोक र
एक नाङ्गो शरीरले मात्रै गर्दछ
चलाउ न डोजर ए मेरो सरकार,
त्यो पेटको भोक र
शरीरको नग्नतामा ।
तीन वर्षे मेरो छोराले
भिडियो कलमा बाहेक
मलाई उसको आँखामा
मेरो आँखामा राखेर हेर्न पाएको छैन
प्रत्येक बेलुकी सिरकभित्र
बुवाको शरीरको तातो
कस्तो हुन्छ थाहा छैन उसलाई ।
बुवाको चोर औंला समाएर
साँझ बिहान घुम्न पाएको छैन
बुवाको पिँठ्युलाई घोडा बनाइ
चढ्न पाएको छैन उसले
लौ न मेरो सरकार, चलाइदेऊ डोजर
तिम्रै ती नीतिहरु भरी
जसले लाखौं नेपाली बुवाहरुलाई
बेचिदिएको छ विदेशी सरकार समक्ष ।
चार बीस हिउँद खाएकी मेरी आमालाई
तिम्ले दिएको वृद्धभत्ता भन्दा बढी माया
विदेसिएको छोराको हुन्छ
भन्सार तिरेर पठाइदिएको मोबाइलको
वालपेपरमा छोराको फोटो हेर्दै
रात रातभर डराँउछिन् बूढीआमा
रातो बाकसमा नफिरोस् छोरा
ए सरकार चलाइदेऊ न डोजर
अनि भत्काइदेऊ
बूढीआमाको डरको पर्खाल
अनि तोडीदेऊ ती रातो बाकसहरु
शिक्षक, श्रीकृष्णाश्रम मावि, कन्याम, इलाम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण