फिल्म ‘गान्धी गोडसे एक युद्ध’ को स्क्रिनिङमा हंगामा, कालो झण्डा देखाइयो
मुम्बई । मुम्बईको एक थिएटरमा फिल्म ‘गान्धी गोडसे एक युद्ध’ को स्क्रिनिङका क्रममा हंगामा मच्चिएको छ । प्रदर्शन सम्बन्धी पत्रकार सम्मेलनको क्रममा केही अपरिचित व्यक्तिले फिल्मको विरोध गरेका हुन् । उनीहरुले कालो झण्डा देखाउँदै चर्को स्वरमा ‘गान्धी जिन्दाबाद’को नारा लगाउँदै कालो झण्डा प्रदर्शन थिए । चलचित्रमा महात्मा गान्धीलाई अपमानित गरिएको र उनका हत्यारा नाथुराम गोड्सेको महिमा गाइएको भन्दै त्यो कुरा पटक्कै सह्य नहुने भन्दै विरोध प्रदर्शन गरिरहेका छन् ।
फिल्मका केही नदेखेको फुटेज र संवादहरू मुम्बईको अँधेरी क्षेत्रमा रहेको एउटा मिनी थिएटरमा देखाइएको थियो। त्यही क्रममा होहल्ला मच्चियो । घटना यति बढ्यो कि तत्कालै प्रहरीले घटनास्थल पुगेर स्थितिलाई नियन्त्रणमा लिएको थियो । यो हलचल हुँदा मञ्चमा निर्देशक राजकुमार सन्तोषी, अभिनेता दीपक अन्तानी र फिल्मका सह निर्माता ललित श्याम टेकचन्दनी पनि उपस्थित थिए ।
राजकुमार सन्तोषीले यो फिल्म कसैलाई अपमानित गर्नका लागि नबनाएको बताएका छन् । उनले आफूले कसैको महिमा गाउन फिल्म नबनाएको र कसैलाई अपमानित गर्ने प्रयास पनि नगरेको बताए । उनले फिल्ममार्फत गान्धी र नाथुराम गोडसेलाई मञ्च उपलब्ध गराएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण