लालप्रसाद र इन्द्र क्वाटरफाइनलमा सीमित
काठमाडौँ । थाइल्यान्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यू २२ बक्सिङ च्याम्पियनसिप २०२३ को पुरुष तौल समूहमा १९ बाउट प्रतियोगिताको तेस्रो दिन सम्पन्न भएको छ ।
आज सम्पन्न क्वाटर फाइनल बाउटहरुमा नेपाली मुक्केबाज द्वय लाल प्रसाद उप्रेती र इन्द्र बहादुर सुनारले हार बेहोरेका छन् । बाउट नम्बर २१ पुरुष तर्फ ४८ केजी तौल समूहका मुक्केबाज लाल प्रसाद उप्रेती फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चरसँग ५:० अङ्कको आधारमा हारे भने बाउट नम्बर ३० पुरुष तर्फ ५७ केजी तौल समूहमा नेपाली मुक्केबाज इन्द्र बहादुर सुनार मङ्गाेलियन मुक्केबाज गन्तुमार लुन्डासँग आरएसिकाे आधारमा दोस्रो राउन्डमा हार बेहाेर्नुपरेकाे थियो । सुनारले प्रिक्वाटरमा लाओसका मुक्केबाज ५:० अङ्कको आधारमा हराएका थिए । सुनारकाे अन्तर्राष्ट्रिय प्रतियोगितामा तेस्रो पटक सहभागिता हो भने लाल प्रसाद उप्रेतीको सहभागिता पहिलो थियो ।
नेपालबाट सहभागी मुक्केबाजहरू क्रमशः महिला ४८ केजी तौल समूहमा सुस्मा तामाङ, ५७ केजी तौल समूहमा हेमा राई र ७५ केजी तौल समूहमा तृषा जवेगु सेमिफाइनलमा प्रवेश भइसकेका छन् । उनीहरुले जनवरी २२ मा क्रमशः मंगाेलियन मुक्केबाज बेसेन्बेई जानार्गुली, मङ्गाेलियन मुक्केबाज बटुर जाेल्जार्गल, काजिकिस्तानी एरजन गुल्सायसँग खेल्नेछन् भने पुरुष तर्फ ८६ केजी तौल समूहमा विजयले ईन्डाेनेशियन मुक्केबाज माेसकिता माईकलसंग सेमिफाइनलमा जनवरी २३ तारिखमा खेल्नेछन् ।
एएसबीसी एसियन यू २२ बक्सिङ च्याम्पियनसिप २०२३ मा कम्बोडिया, चीन, इन्डोनेसिया, इराक, कजाकिस्तान, कुवेत, किर्गिस्तान, लाओस, मलेसिया, मंगोलिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, साउदी अरब, सिंगापुर, श्रीलङ्का, ताजिकिस्तान, आयोजक थाइल्याण्ड, उज्वेकिस्तान र भियतनाम गरी २० देशको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण