बुद्ध र लुम्बिनीलाई हामीले चिन्न सकेनौं : मन्त्री किराती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले नेपालीहरुले बुद्ध र लुम्बिनीलाई चिन्न नसकेको बताएका छन् ।
आइतबार ललितपुरको झम्सिखेलमा आयोजित दि अर्गनाइजेशन अफ बुद्धिस्ट मोनास्ट्रीज अफ ललितपुर, नेपालको ४७ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘संसारभरि सबभन्दा बढी बुद्ध धर्मावालम्बीहरु छन् । उनीहरुलाई हामीले लुम्बिनीमा ल्याउन सके त्यहाँ पर्यटकहरु मात्रै होइन, बुद्ध दर्शनको थप विस्तार हुनेछ’ मन्त्री किरातीले भने, ‘पर्यटकको आगमनसँगै देशको आर्थिक उन्नति र मुलुकको समृद्धिमा धेरै ठूलो योगदान पुग्नेछ । जुन देशमा बुद्ध जन्मनुभयो, त्यही देशमा बुद्धलाई चिन्न सकेनौं ।’
कार्यक्रममा मन्त्री किरातीले प्रकृति र मानव सम्पदाको संयोजन नै आजको पर्यटन हुनुपर्ने बताउँदै नेपाललाई सांस्कृतिक पर्यटकीय राष्ट्रको रुपमा अघि बढाउनुपर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण