मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्ध र लुम्बिनीलाई हामीले चिन्न सकेनौं : मन्त्री किराती

आइतबार, ०८ माघ २०७९, १५ : ३९
आइतबार, ०८ माघ २०७९

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले नेपालीहरुले बुद्ध र लुम्बिनीलाई चिन्न नसकेको बताएका छन् । 

आइतबार ललितपुरको झम्सिखेलमा आयोजित दि अर्गनाइजेशन अफ बुद्धिस्ट मोनास्ट्रीज अफ ललितपुर, नेपालको ४७ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

‘संसारभरि सबभन्दा बढी बुद्ध धर्मावालम्बीहरु छन् । उनीहरुलाई हामीले लुम्बिनीमा ल्याउन सके त्यहाँ पर्यटकहरु मात्रै होइन, बुद्ध दर्शनको थप विस्तार हुनेछ’ मन्त्री किरातीले भने, ‘पर्यटकको आगमनसँगै देशको आर्थिक उन्नति र मुलुकको समृद्धिमा धेरै ठूलो योगदान पुग्नेछ । जुन देशमा बुद्ध जन्मनुभयो, त्यही देशमा बुद्धलाई चिन्न सकेनौं ।’ 

कार्यक्रममा मन्त्री किरातीले प्रकृति र मानव सम्पदाको संयोजन नै आजको पर्यटन हुनुपर्ने बताउँदै नेपाललाई सांस्कृतिक पर्यटकीय राष्ट्रको रुपमा अघि बढाउनुपर्ने समेत बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप