मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

मंगलबार पानी पर्ने सम्भावना

आइतबार, ०८ माघ २०७९, १६ : १३
आइतबार, ०८ माघ २०७९

काठमाडौँ । आगामी मंगलबारदेखि पानी पर्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान पूर्व अनुमान महाशाखाका अनुसार मंगलबार पश्चिम नेपालबाट मौसमको प्रणाली प्रवेश गर्न सक्ने बताएको छ ।  आइतबार र सोमबार मौसम सफा भएपनि मंगलबारदेखि वर्षा हुन सक्ने मौसमविद् सञ्जिव अधिकारीले बताए ।

‘हिउँदे मौसम फेब्रोरी महिनासम्म हो । अहिले मध्य हिउँदको उत्तरार्द्धमा पुगेका छौं’ अधिकारीले भने, ‘मंगलबार बेलुकादेखि पश्चिमतिरबाट पानी पर्ने प्रणाली प्रवेश गर्ने देखिन्छ । यसरी प्रवेश गरेको मौसमी प्रणाली २÷३ दिनसम्म रहन सक्छ ।’  

मंगलबारदेखि वर्षा भएमा छिटफुटदेखि हल्कासम्म वर्षा हुने अधिकारीले बताए । यसरी मौसम बदली भएमा हिमाली क्षेत्रमा हिमतपात हुन सक्ने महाशाखाको अनुमान छ । तर, भारी वर्षा  हिमपात भने नहुने अनुमान गरिएको छ । यसरी वर्षा र हिमपात भएमा कृषकलाई  फाइदा हुने बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप