मंगलबार पानी पर्ने सम्भावना
काठमाडौँ । आगामी मंगलबारदेखि पानी पर्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान पूर्व अनुमान महाशाखाका अनुसार मंगलबार पश्चिम नेपालबाट मौसमको प्रणाली प्रवेश गर्न सक्ने बताएको छ । आइतबार र सोमबार मौसम सफा भएपनि मंगलबारदेखि वर्षा हुन सक्ने मौसमविद् सञ्जिव अधिकारीले बताए ।
‘हिउँदे मौसम फेब्रोरी महिनासम्म हो । अहिले मध्य हिउँदको उत्तरार्द्धमा पुगेका छौं’ अधिकारीले भने, ‘मंगलबार बेलुकादेखि पश्चिमतिरबाट पानी पर्ने प्रणाली प्रवेश गर्ने देखिन्छ । यसरी प्रवेश गरेको मौसमी प्रणाली २÷३ दिनसम्म रहन सक्छ ।’
मंगलबारदेखि वर्षा भएमा छिटफुटदेखि हल्कासम्म वर्षा हुने अधिकारीले बताए । यसरी मौसम बदली भएमा हिमाली क्षेत्रमा हिमतपात हुन सक्ने महाशाखाको अनुमान छ । तर, भारी वर्षा हिमपात भने नहुने अनुमान गरिएको छ । यसरी वर्षा र हिमपात भएमा कृषकलाई फाइदा हुने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण