बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

गण्डकीमा मन्त्रालय संख्या टुंग्याउन सत्ता साझेदार दलको बैठक आह्वान

आइतबार, ०८ माघ २०७९, २१ : ३७
आइतबार, ०८ माघ २०७९

पोखरा । गण्डकी प्रदेशमा ७ मन्त्रालय बनाउने अनौपचारिक सहमति भएको छ । आइतबार साँझ बसेको सत्ता साझेदार दलको बैठकले गण्डकी प्रदेशमा ७ मन्त्रालय बनाउने अनौपचारिक सहमति गरेको हो ।

यसलाई औपचारिकता दिन सोमबार बिहान सत्ता साझेदार दलको बैठक बस्ने सरकारकी प्रवक्ता समेत रहेकी विना विभागीय मन्त्री सिता सुन्दासले जानकारी दिइन् । 

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मन्त्रालय संख्या टुंग्याउन आइतबार पनि गठबन्धनका दलहरूको बैठक बसेको थियो ।  बैठकले पनि ७ मन्त्रालय बनाउन सहमति भएपनि सोमबार बिहान सत्ता गठबन्धनको बैठक बसेर टुंगो लगाउने प्रवक्ता सुन्दासले बताइन् । 

‘आइतबार पनि सत्ता गठबन्धनमा सहभागी दलका नेताहरुको अनौपचारिक बैठक बस्यो । बैठकमा ७ मन्त्रालय बनाउने सहमति नजिक भयो । तर, पुन भोलि बिहान एक पटक बसेर निर्णय गछौं । सोमबार नै मन्त्रिपरिषद्को बैठकले निर्णय गर्छ,’ प्रवक्ता सुन्दासले भनिन् । 

सोमबार साँझसम्म मन्त्रिमण्डल विस्तार गर्ने योजनामा रहेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । एमालेबाट मुख्यमन्त्रीसहित ४, माओवादीबाट २ र राप्रपाबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद् बनाउने अधिकारीको तयारी छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप