गण्डकीमा मन्त्रालय संख्या टुंग्याउन सत्ता साझेदार दलको बैठक आह्वान
पोखरा । गण्डकी प्रदेशमा ७ मन्त्रालय बनाउने अनौपचारिक सहमति भएको छ । आइतबार साँझ बसेको सत्ता साझेदार दलको बैठकले गण्डकी प्रदेशमा ७ मन्त्रालय बनाउने अनौपचारिक सहमति गरेको हो ।
यसलाई औपचारिकता दिन सोमबार बिहान सत्ता साझेदार दलको बैठक बस्ने सरकारकी प्रवक्ता समेत रहेकी विना विभागीय मन्त्री सिता सुन्दासले जानकारी दिइन् ।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मन्त्रालय संख्या टुंग्याउन आइतबार पनि गठबन्धनका दलहरूको बैठक बसेको थियो । बैठकले पनि ७ मन्त्रालय बनाउन सहमति भएपनि सोमबार बिहान सत्ता गठबन्धनको बैठक बसेर टुंगो लगाउने प्रवक्ता सुन्दासले बताइन् ।
‘आइतबार पनि सत्ता गठबन्धनमा सहभागी दलका नेताहरुको अनौपचारिक बैठक बस्यो । बैठकमा ७ मन्त्रालय बनाउने सहमति नजिक भयो । तर, पुन भोलि बिहान एक पटक बसेर निर्णय गछौं । सोमबार नै मन्त्रिपरिषद्को बैठकले निर्णय गर्छ,’ प्रवक्ता सुन्दासले भनिन् ।
सोमबार साँझसम्म मन्त्रिमण्डल विस्तार गर्ने योजनामा रहेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । एमालेबाट मुख्यमन्त्रीसहित ४, माओवादीबाट २ र राप्रपाबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद् बनाउने अधिकारीको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण