देशभर संगठन विस्तार गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

काठमाडौँ । रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संगठन विस्तार गर्ने भएको छ । आइतबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले आगामी जेठसम्ममा देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो ।
बलियो संगठनात्मक आधारविनै पनि राष्ट्रिय स्वतन्त्र पार्टीले गत निर्वाचनमा प्रतिनिधिसभातर्फ २० सिट जितेको थियो । तर, सो पार्टी प्रदेशतर्फको निर्वाचनमा भने सहभागी भएको थिएन ।
पार्टी प्रवक्ता मुकुल ढकालका अनुसार चैतसम्ममा जिल्ला निर्वाचन समितिहरुको गठन गरिनेछ । यस्तै जेठ मसान्तसम्ममा पालिका र वडास्तरीय समितिहरु गठन गर्ने रणनीति तय गरिएको छ । यस्तै बैठकले माघ मसान्तभित्र प्रदेश समितिहरुको विस्तारित भेला आयोजना गरी उक्त कमिटी पुनर्गठन गर्ने निर्णय गरेको छ।
जसअनुसार माघ १४ गते प्रदेश १ को भेला विराटनगरमा हुने छ भने माघ १६ गते जनकपुरमा मधेश प्रदेशको भेला हुनेछ । यसैगरी बागमतीको भेला मकवानपुरमा माघ १८ गते , गण्डकीको भेला पोखरामा माघ २१ गते, लुम्बिनीको भेला दाङमा माघ २४ गते, सुदूरपश्चिमको भेला धनगढीमा माघ २६ गते र कर्णाली प्रदेशको भेला सुर्खेतमा माघ २८ गते गर्ने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षपछि शान्ति श्री र खेमबिच सहकार्य
-
घुम्टोमा घण्टाघर : मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
-
सरकारी कारोबारमा हरेक वर्ष बेरुजू बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण: राष्ट्रपति
-
शुक्रबार रिलिज हुने ‘के घर के डेरा : घर नं २’ले कति पायो शो ?
-
बजेटमा लैङ्गिक समावेशीकरणलाई ध्यान दिन माग
-
उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित