नयाँ वर्षमा दयाहाङ र मिरुनाको फिल्म ‘जारी’ प्रदर्शन हुने
सोमबार, ०९ माघ २०७९, १३ : २९
काठमाडौंँ । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘जारी’ नयाँ वर्षमा प्रदर्शन हुने भएको छ । निर्माण युनिटले सोमबार फिल्मको एक पोष्टर जारी गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य कलाकारद्वय दयाहाङ र मिरुना नै देखिएका छन् ।
उनीहरुको भूमिका फिल्ममा श्रीमान– श्रीमतीको रहेको पोष्टरबाट अनुमान लगाउन सकिन्छ । फिल्म उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् ।
रामबाबु गुरुङ निर्माता रहेको फिल्मले गुरुङ समुदायमा प्रचलित प्रथा ‘जारी’को कथाको उठाएको छ । फिल्ममा विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङलगायतको पनि अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण