बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्षमा दयाहाङ र मिरुनाको फिल्म ‘जारी’ प्रदर्शन हुने

सोमबार, ०९ माघ २०७९, १३ : २९
सोमबार, ०९ माघ २०७९

काठमाडौंँ । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘जारी’ नयाँ वर्षमा प्रदर्शन हुने भएको छ । निर्माण युनिटले सोमबार फिल्मको एक पोष्टर जारी गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य कलाकारद्वय दयाहाङ र मिरुना नै देखिएका छन् ।

उनीहरुको भूमिका फिल्ममा श्रीमान– श्रीमतीको रहेको पोष्टरबाट अनुमान लगाउन सकिन्छ । फिल्म उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् ।

रामबाबु गुरुङ निर्माता रहेको फिल्मले गुरुङ समुदायमा प्रचलित प्रथा ‘जारी’को कथाको उठाएको छ । फिल्ममा विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङलगायतको पनि अभिनय देख्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप