बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

टि–२० लिग : राष्ट्रिय टोलीका सदस्य आदिल सप्तरीबाट पक्राउ

सोमबार, ०९ माघ २०७९, १४ : ३६
सोमबार, ०९ माघ २०७९

काठमाडौँ ।  राष्ट्रिय क्रिकेट खेलाडी आदिल अन्सारीलाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको निर्देशनमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एकजना अधिकृतले रातोपाटीलाई बताए । नेपाल टी–ट्वान्टी लिग क्रिकेटको ‘स्पट फिक्सिङ’मा अन्सरी संलग्न रहेको सिआईबीको निष्कर्ष छ ।

ब्यूरोका एसपी सञ्जयसिंह थापा नेतृत्वको टोलीले स्पट फिक्सिङबारे छानविन गरेको थियो । सो समितिको सिफारिका आधारमा उनलाई पक्राउ गरिएको हो । आजै बिराटनगर बसपार्कबाट प्रहरीले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलमलाई पक्राउ गरेको थियो । उनीहरु दुवैलाई काठमाडौँ ल्याउने तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप