समाचार
टि–२० लिग : राष्ट्रिय टोलीका सदस्य आदिल सप्तरीबाट पक्राउ
सोमबार, ०९ माघ २०७९, १४ : ३६
काठमाडौँ । राष्ट्रिय क्रिकेट खेलाडी आदिल अन्सारीलाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको निर्देशनमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एकजना अधिकृतले रातोपाटीलाई बताए । नेपाल टी–ट्वान्टी लिग क्रिकेटको ‘स्पट फिक्सिङ’मा अन्सरी संलग्न रहेको सिआईबीको निष्कर्ष छ ।
ब्यूरोका एसपी सञ्जयसिंह थापा नेतृत्वको टोलीले स्पट फिक्सिङबारे छानविन गरेको थियो । सो समितिको सिफारिका आधारमा उनलाई पक्राउ गरिएको हो । आजै बिराटनगर बसपार्कबाट प्रहरीले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलमलाई पक्राउ गरेको थियो । उनीहरु दुवैलाई काठमाडौँ ल्याउने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण