क्रिकेटको ‘स्पष्ट फिक्सिङ’ बारे छानबिन समितिले बुझायो प्रतिवेदन
काठमाडौँ । नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ भएको निष्कर्षसहित छानविन समितिले प्रतिवेदन बुझाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा नेतृत्वको टिमले त्यसबारे छानविन गरेको थियो । छानविन समितिमा डिएसपी सुन्दर तिवारी सहितका अधिकृतहरु सदस्य थिए । सिआईबीका एआईजी उत्तमराज सुवेदीलाई समितिले प्रतिवेदन बुझाएको हो ।
समितिले स्पष्ट फिक्सिङ भएको तथ्यसहित थप अनुसन्धान गर्न सिफारिस गरेको छ । समितिको प्रतिवेदनको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलमलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ । राष्ट्रिय क्रिकेट टोलीका अर्का सदस्य आदिल अन्सारीलाई ब्यूरोले सप्तरीको राजविराजबाट पक्राउ गरेको छ ।
छानविनको क्रममा ब्यूरोले खेलाडी र अफिसियलहरुसँग सोधपुछ गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक नै फिक्सिङमा संलग्न रहेको आशंका गरिएको छ । प्रहरीले अनुसन्धान थालेपछि सो कम्पनीका मुख्य सञ्चालक जतिन अहलुवालिया फरार भएका छन् । नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ खेल्ने खेलाडीले ५ लाखसम्म लिने गरेको प्रारम्भिक छानविनबाट थाहा भएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्– ‘१ लाख देखि ५ लाखसम्म लिएर स्पट फिक्सिङ गरेको देखिन्छ, सो रकम खेलाडीहरुको खातामा जम्मा भएको देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण