आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मापदण्डभन्दा बढी धूवाँ फाल्ने २० सवारीसाधन  कारबाहीमा

सोमबार, ०९ माघ २०७९, १९ : ४९
सोमबार, ०९ माघ २०७९

काठमाडौँ । काठमाडौँको  सुकेधारामा सोमबार गरिएको प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूवाँ फाल्ने  २० वटा सवारी साधन कारबाहीमा परेका छन् ।

मापदण्डभन्दा बढी धूवाँ फाल्ने पिकअप भ्यान ६,  भाडाका बस ५, माइक्रोबस ४, हात्ती गाडी ३, टाटासुमो १  र  पर्यटक गाडी १  गरी  २० ओटा सवारी साधन कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।

वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले सोमबार सुकेधारामा  ४६ वटा सवारी साधनलाई चेक गर्ने क्रममा  मापदण्डभन्दा बढी धूवाँ फाल्ने २० वटा सवारी साधन कारबाहीमा परेका हुन् ।

सवारी साधन मर्मत पश्चात पुनः चेक गराई तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप