मापदण्डभन्दा बढी धूवाँ फाल्ने २० सवारीसाधन कारबाहीमा
काठमाडौँ । काठमाडौँको सुकेधारामा सोमबार गरिएको प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूवाँ फाल्ने २० वटा सवारी साधन कारबाहीमा परेका छन् ।
मापदण्डभन्दा बढी धूवाँ फाल्ने पिकअप भ्यान ६, भाडाका बस ५, माइक्रोबस ४, हात्ती गाडी ३, टाटासुमो १ र पर्यटक गाडी १ गरी २० ओटा सवारी साधन कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।
वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले सोमबार सुकेधारामा ४६ वटा सवारी साधनलाई चेक गर्ने क्रममा मापदण्डभन्दा बढी धूवाँ फाल्ने २० वटा सवारी साधन कारबाहीमा परेका हुन् ।
सवारी साधन मर्मत पश्चात पुनः चेक गराई तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण