बारामा ३३२ जना फरार प्रतिवादी पक्राउ
बारा । जिल्ला प्रहरी कार्यालय बाराले सोमबार विभिन्न मुद्दाका ३३२ जना फरार प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।
अदालतबाट फैसला कार्यान्वयनको लागि प्राप्त फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउने उद्देश्यले सञ्चालित फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत उनीहरूलाई पक्राउ गरी बारा जिल्ला अदालतमा आवश्यक कारबाहीको लागि बुझाएको हो ।
लामो समयदेखि अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानुनी कारबाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो । यसमा अधिकतम ६ वर्ष ५ महिना १० दिन कैद सजाय भएका जिल्ला बारा कलैया उ.म.न.पा. वडा नं.१ बस्ने विजय दास देखि बैङ्किङ कसुर मुद्दामा सात लाख जरिवाना सजाय भएका जिल्ला बारा पचरौता नगरपालिका वडा नं.२ बस्ने एजाजुल हक अन्सारी, हातहतियार खरखजाना मुद्दामा कैद सजाय भएका जिल्ला बारा निजगढ नगरपालिका वडा नं. १ बस्ने वासु चौधरी लगायत छन् ।
पक्राउ परेका मध्ये ३६ जनालाई थुनामा राख्न पर्सा कारागार कार्यालय चलान गरिएको छ भने बाँकी जरिवाना भुक्तान गरी मुक्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ गतेसम्म आवेदन दिन सकिने
-
ट्रम्पद्वारा इरानको बन्दरगाहमा नाकाबन्दी, अर्को साता विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ?
-
बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली
-
पछिल्ला वर्षमा कानुन निर्माणको गति सुस्त भयो
-
बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण