चीनको अन्तरिक्ष स्टेशनमा फोटो प्रदर्शनी
बेइजिङ । नयाँ वर्षको उपलक्ष्यमा चीनको तियाङगोङ अन्तरिक्ष स्टेशनमा अन्तरिक्षसँग सम्बन्धित फोटाहरूको विशेष प्रदर्शनी आयोजना गरिएको छ। सो स्टेशन पृथ्वीभन्दा करिब चार सय किलोमिटरको उचाइमा रहेको छ । अन्तरिक्ष यात्री फेइ जुनलङ, देङ छिङमिङ र झाङ लुले खिचेका २१ वटा तस्वीरहरू प्रदर्शनीमा राखिएका छन्।
प्रदर्शनीमा राखिएका फोटाहरू नोभेम्बर २०२१ मा शुरु भएको ग्लोबल लेन्स अन टियाङगोङू नामक परियोजनामा विभिन्न स्रोतहरूबाट सङ्कलन गरिएका लगायतका छन्। यस परियोजनाले पेशेवर फोटोग्राफरहरू, खगोल विज्ञानमा जिज्ञासा राख्नेहरू र युवाहरूको व्यापक ध्यानाकर्षण गरेको छ ।
तियाङगोङ अन्तरिक्ष स्टेशनमा प्रदर्शित तस्वीरहरू गत वर्ष नोभेम्बर २९ मा शेन्झाउ– १५ मिसनसँगै प्रक्षेपण गरिएको थियो। शेन्झाउ– १५ मिसनले अन्तरिक्ष स्टेशन निर्माणलाई अन्तिम चरण दिने र यसको प्रयोग र विकासको कार्यक्रम शुरु गर्ने लक्ष्य राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण