गौरवका आयोजना निरीक्षण गरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजना निरीक्षण गर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताको टोलीसँग कुरा गर्दै उहाँले आफू छिट्टै राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला योजनाको स्थलगत निरीक्षणमा निस्कने बताएका हुन् ।
उनले प्रदेशका मन्त्रालयको सङ्ख्या कम गरेर मितव्ययिता र सुशासन कायम राख्ने पनि बताए । उनले भने, “म छिट्टै राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजना निरीक्षणमा निस्कँदै छु । यसरी मात्र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता हासिल गर्न सकिन्छ । त्यसका लागि आवश्यक तयारी गर्न‘होला ।”
प्रधानमन्त्रीले अनुगमन गर्न लाग्नुभएका आयोजनामध्ये धेरैको प्रगति सन्तोषजनक छैन । पन्ध्रौँ आयोजना अवधिभित्र राष्ट्रिय गौरवका अधिकांश आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिइए पनि त्यसअनुसार आयोजनाको काम अगाडि बढ्न सकेको छैन ।
पन्ध्रौँ आयोजनाको अवधि सकिन मात्र डेढ वर्ष बाँकी रहँदा अहिलेसम्म मेलम्ची खानेपानी आयोजना ९अस्थायी रूपमा०, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, भैरहवा र पोखरा क्षेत्रीयरअन्तर्राष्ट्रिय विमानस्थल निर्माणबाहेक अन्य राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति अपेक्षाभन्दा न्यून देखिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी सरकारले सांसदका स्वकीयलाई पारिश्रमिक दिने
-
सिँचाई सुविधापछि धानखेतमा कोदो रोप्नुपर्ने बाध्यता हट्यो
-
धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ : मन्त्री चौधरी
-
थप २ हजार विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउने आदेश कार्यान्वयन गर्न निर्देशन
-
बाचुन्जेल कुर्सी नछाड्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनका लागि बाधक : युवराज ज्ञवाली
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण