गण्डकीमा मन्त्रिपरिषद्ले पायो पूर्णता, थपिए तीन मन्त्री
पोखरा । गण्डकी प्रदेशमा ७ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
यसअघि मुख्यमन्त्री अधिकारीसहित ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको थियो । मंगलबार ३ मन्त्रीलाई नियुक्त गरेर अधिकारीले ७ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका हुन् । मंगलबार मन्त्री नियुक्त हुनेमा एमालेका रोशन गाहा मगर र वेदबहादुर गुरुङ ‘श्याम’ छन् । यस्तै, माओवादीबाट रेशमबहादुर जुग्जालीलाई पनि मुख्यमन्त्री अधिकारीले मन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि एमालेबाट सीता सुन्दास, माओवादीबाट हरिबहादुर चुमान र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पञ्चराम गुरुङलाई मुख्यमन्त्री अधिकारीले विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । उनीहरु सबैलाई मंगलबार नै मन्त्रालयको जिम्मेवारी तोक्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
यसैगरी शपथ पनि आजै गराउने गरी प्रदेश प्रमुख कार्यालयले तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण