गण्डकी सरकारले पायो पूर्णता, कसले कुन मन्त्रालय पाए ?
पोखरा । गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
यसअघि मुख्यमन्त्री अधिकारीसहित ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको थियो । मंगलबार ३ मन्त्रीलाई नियुक्त गरेर अधिकारीले ७ सदस्यीय मन्त्रिमण्डललाई पूर्णता दिएका हुन् ।
मंगलबार मन्त्रीमा नियुक्त हुनेमा नेकपा एमालेका रोशन गाहा मगर र वेदबहादुर गुरुङ ‘श्याम’ रहेका छन् । यस्तै, नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली मन्त्रीमा नियुक्त भएका छन् । उनीहरुको आजै पद तथा गोपनीयताको शपथ रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यसअघि एमालेबाट सीता सुन्दास, माओवादीबाट हरिबहादुर चुमान र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पञ्चराम गुरुङलाई मुख्यमन्त्री अधिकारीले विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।
माओवादी गण्डकी संसदीय दलको सोमबार बसेको बैठकले जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको थियो । उनलाई मुख्यमन्त्री अधिकारीले उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघि मालिका गाउँपालिकाको वडा नम्बर ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका जुग्जाली गत स्थानीय निर्वाचनमा भने मालिका गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । तत्कालीन सत्ता गठबन्धनबाट गाउँपालिका अध्यक्ष हारे पनि उनले गत प्रदेश सभा निर्वाचनमा प्रदेश सांसदका लागि टिकट पाएका थिए । ३९ वर्षीय जुग्जाली म्याग्दी प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित भएका हुन् ।
माओवादीका तर्फबाट यसअघि नै हरिबहादुर चुमान नियुक्त भएका थिए । उनी तनहुँ १(२) बाट प्रदेश सभामा निर्वाचित भएका थिए । मुख्यमन्त्रीमा आकांक्षा देखाएका चुमान दोस्रो पटक गण्डकी प्रदेशको मन्त्री बनेका हुन् । चुमान यसअघि पृथ्वीसुब्बा नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री थिए । माओवादीको नेतृत्व गर्दै सरकारमा भएका चुमानलाई मुख्यमन्त्री अधिकारीले भौतिक पूर्वाधार मन्त्रालय जिम्मा दिएका छन् ।
यस्तै, एमालेबाट मन्त्री भएकी सीता सुन्दासले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएकी छन् । उनी स्याङ्जा १(१) बाट प्रदेश सभामा निर्वाचित भएकी हुन् । उनलाई गण्डकी प्रदेश सरकारको पहिलो बैठकले प्रवक्ताको जिम्मेवारी तोकेको छ । यसअघि स्याङ्जा जिल्ला समन्वय समिति प्रमुख रहेकी सुन्दास जिल्ला समन्वय समिति महासंघकी संस्थापक अध्यक्षसमेत थिइन् ।
एमालेका मन्त्री भएका रोशन गाहा मगरले अर्थ मन्त्रालयको जिम्मा पाएका छन् । उनी १(२)बाट प्रदेश सभामा दोहोरिएर निर्वाचित भएका थिए । नेकपा एमाले गण्डकी प्रदेश सभाको प्रमुख सचेतक समेत रहेका मगर पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारीमा थिए ।
यस्तै, एमालेबाटै मन्त्री बनेका वेदबहादुर गुरुङ श्यामले कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी पाएका छन् । कास्की १ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित गुरुङ २०६४ मा नेकपा एमाले कास्की जिल्ला कमिटी सदस्य थिए । उनी ०७४ को निर्वाचनमा कास्कीको मादी गाउँपालिका संस्थापक अध्यक्ष भइसकेका छन् । गुरुङ राजनीतिक कर्मी मात्र नभई कलाकारको दृस्टीकोणबाट पनि चिनिन्छन् । राजनीतिसँगै लामो समय कलाकारितामा लागेका वेद बहादुर गुरुङ श्यामले थुप्रै गुरुङ सिनेमामा अभिनय र निर्देशन गरेका छन् ।
राप्रपाबाट विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका पञ्चराम गुरुङले सामाजिक तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएको छन् । राप्रपा गण्डकी प्रदेश अध्यक्ष हुन् । उनी गण्डकी राप्रपाबाट संसदीय दलको नेता हुन् । अघिल्लो कार्यकालमा शून्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपालि समानुपातिकमा २ सिट छ । उनले पार्टीको नेतृत्व गर्दै सरकारमा सहभागी भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण