प्रदेश सरकार
गण्डकी प्रदेशका ३ मन्त्रीले लिए शपथ
मङ्गलबार, १० माघ २०७९, १८ : ४५
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
यसअघि आजै मुख्यमन्त्री खगराज अधिकारीले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए । मन्त्रीमा नियुक्त हुनेमा एमालेका रोशन गाहा मगर र वेदबहादुर गुरुङ ‘श्याम’ छन् । यस्तै, माओवादीबाट रेशमबहादुर जुग्जाली रहेका छन् ।
योसँगै ७ सदस्यीय गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । यसअघि मुख्यमन्त्री अधिकारीसहित ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण