प्रदेश सरकार
गण्डकी प्रदेशका ३ मन्त्रीले लिए शपथ
मंगलबार, १० माघ २०७९, १८ : ४५

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
यसअघि आजै मुख्यमन्त्री खगराज अधिकारीले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए । मन्त्रीमा नियुक्त हुनेमा एमालेका रोशन गाहा मगर र वेदबहादुर गुरुङ ‘श्याम’ छन् । यस्तै, माओवादीबाट रेशमबहादुर जुग्जाली रहेका छन् ।
योसँगै ७ सदस्यीय गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । यसअघि मुख्यमन्त्री अधिकारीसहित ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशसँग नेपाल पराजित
-
नयाँ ग्यालेक्सी एस २३ सिरिज फोनका साथ तपाईंको प्यासनलाई अघि बढाउनुहोस् : अब नेपालमा पनि खुल्यो प्रि–अर्डर
-
अब बजेट रकमान्तर रोक्छौं : अर्थमन्त्री पौडेल
-
बजेट रकमान्तर गर्न गण्डकी सरकारद्वारा ऐन संशोधन प्रस्ताव टेबल
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका शीर्ष १० समाचार
-
छैटौं राष्ट्रिय महिला भलिबल शनिबारदेखि हुने