शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशका सभामुखद्वारा पार्टी सदस्यता परित्याग

बुधबार, ११ माघ २०७९, २१ : ५९
बुधबार, ११ माघ २०७९

सुर्खेत । कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले पार्टी सदस्यता परित्याग गरेकी छन् । सत्ता गठबन्धन दल नेकपा (एमाले)बाट गुरुङ यही माघ १ मा सभामुखमा निर्वाचित भएका थिए । उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै एमालेको प्रदेश कमिटी सदस्यबाट परित्याग गरिएको जानकारी दिइन् ।

विज्ञप्तिमा सभामुख गुरुङले भनेकी छन्, “सभामुख पदका हिसाबले साझा भूमिका रहनुपर्ने भएकाले संवैधानिक प्रावधानप्रति प्रतिबद्ध हुँदै म आबद्ध रहेको दल नेकपा एमालेको सम्पूर्ण जिम्मेवारी र आबद्धताबाट अलग भएको घोषणा गर्दछु ।”

सभामुख पदको जिम्मेवारी बहन गर्दा स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरिन् । सभामुख गुरुङ नेकपा एमाले सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनी बीरेन्द्रनगर नगरपालिका–२ सुर्खेत निवासी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप