माओवादी स्थायी कमिटी बैठकमा प्रचण्डद्वारा प्रतिवेदन पेस

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् । बिहीवारदेखि पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शुरु भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा लिखित प्रतिवेदन पेस गरेका हुन् ।
अध्यक्ष दाहालले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । बैठकमा अध्यक्ष दाहालले निर्वाचन अघिको गठबन्धन छाडेर नेकपा (एमाले) सँग सहकार्य गर्नुपरेको अवस्थाको बारेमा ब्रिफिङ गरेको उनले बताए ।
उनले भने, ‘सरकार बन्नुभन्दा पहिले चुनावमा, चुनावको स्थिति, हाम्रो स्थिति, पार्टीको स्थिति अनि सरकार बन्ने बेलामा हामी गठबन्धन छोडेर अर्को सहमति गर्न पुग्यौँ । त्यो स्थिति । र अहिले सरकार कसरी चलिरहेको छ भन्नेमा उहाँले ब्रिफ गर्नुभयो ।’
बैठकले पार्टीको नेतृत्वमा सरकार बनेकोमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहाललाई बधाई दिएको छ भने उपमहासचिव वर्षमान पुनको स्वास्थ्य लाभको कामना गरेको छ ।
त्यस्तै यति एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएकाहरुप्रति पनि श्रद्धाञ्जली व्यक्त गरिएको उपाध्यक्ष महराले जानकारी दिए । बैठकमा पार्टी एकता र संगठन बिस्तार बारेमा एजेण्डा रहेको र भोलि (शुक्रवार) बस्ने बैठकमा सो विषयमा छलफल हुने बताइएको छ ।
स्थायी कमिटीको बैठक शुक्रबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी कोटामा बेलायतमा नर्स पठाउने प्रोटोकल ९ महिनादेखि घुमेको घुम्यै
-
क्यानडाको डढेलोले अमेरिकाको न्युयोर्कलगायतका सहर धुवाँले ढाकियो
-
१३ वर्षमै यौन दुर्व्यवहार भोगेकी सोनम
-
इच्छाकामना मन्दिर भक्तजनका लागि खुला
-
पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबी : अमेरिकासँग एलियन छ
-
कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न