इलेक्ट्रिक व्यवसायीद्वारा आत्महत्या, बैंकको ताकेता कारण रहेको उद्योगीको आरोप
काठमाडौं । व्यवसाय गर्ने वातावरण नभएको र ऋणमा डुबेको भन्दै इलामका प्रेम आचार्यले आत्मदाह गरेको एक दिनपछि विराटनगरका एक व्यवसायीले ‘सुसाइट नोट’ लेखेर आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा विराटनगरका इलेक्ट्रिक व्यवसायी मोहनप्रसाद न्यौपाने रहेका छन् । उनले बुधबार आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
उनले आत्महत्या गरेको स्थानबाट प्रहरीले तीन पानाको सुसाइट नोट फेला पारेको छ । सुसाइट नोटमा न्यौपानेले व्यवसायी प्रयोजनको लागि लिएको रकम समावेश गरिएको छ । नोटमा न्यौपानेले विभिन्न बैंक तथा वित्तीय संस्था र व्यक्तिहरुसँग लिएको रकम उल्लेख गरेका छन् ।
५७ वर्षिय न्यौपाने विराटनगर–३, पोखरीया स्थित आफ्नै घरको बाथरुममा बुधबार घाँटीमा डोरीको पासो लगाएर आत्महत्या गरेका थिए । न्यौपाने विराटनगरको शनि मन्दिर रोडमा शिखर इलेक्ट्रिक पसल संचालन गरिरहेका थिए ।
उनले आत्महत्या गर्नुमा बैंकको ताकेता रहेको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए । ७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विराटनगर भन्सार कार्यालयले आज आयोजना गरेको कार्यक्रममा रिजालले बैंकले ताकेता माथि ताकेता गर्दा न्यौपानेले आत्महत्या गरेको दाबी गरेका हुन् ।
विराटनगरका एक विकास बैंकले माघ १० गतेभित्र बैंकको साँवा ब्याज नबुझाए सम्पूर्ण परिवारको फोटो पत्रिकामार्फत सार्वजनिक गर्ने चेतावनी दिएपछि आफ्नो बेइज्जत हुने डरले न्यौपानेले आत्महत्या गरेको रिजालको दाबी छ । यस्ता बैंकलाई अविलम्ब कारवाही गर्नुपर्ने रिजालले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार
-
फेवातालमा बढेको पानीको सतहले डुबायो ‘तालघर’, नयाँ दृश्य हेर्न पर्यटकको भीड
-
चालु आर्थिक वर्षको अन्तिम दिन : लक्ष्यको ८३ प्रतिशत राजस्व संकलन, गत वर्षभन्दा सुधार
-
फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् फुटबलकै सबैभन्दा ‘दुःखी खेल’ मानिने 'ब्रन्ज फाइनल'
-
भेनेजुएलाका विपक्षी नेतृको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा
-
रौतहटका उखु किसान आन्दोलनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण