सीमा कठरिया बनिन् उत्कृष्ट पाठक, १० हजार रुपैयाँसहित पुरस्कृत
धनगढी । प्रायः पुस्तकालयमा पढ्न सदस्य बन्नुपर्छ । सदस्य बन्न पैसा तिर्नुपर्छ । समयमा पुस्तक फिर्ता नल्याए जरिवाना समेत तिर्नुपर्छ । तर पुस्तकालयमा नियमित पढ्न गएवापत पैसा पाइन्छ, त्यो पनि १० हजार, यस्तो सुन्दा अचम्म लाग्दैन त ?
हो यस्तै, अचम्मलाग्दो अभियान सुरु गरेको छ, टीकापुर सरोकार समूहले । टीकापुरमा पुस्तक अध्ययन संस्कृतिलाई बढावा दिन टीकापुर सामुदायिक पुस्तकालयमा आएर महिना भर अध्य्यन गर्नेमध्ये उत्कृष्ट एक पाठकलाई प्रत्येक महिना पुरस्कृत गर्ने कार्यक्रमको थालनी गरिएको छ ।
यसै क्रममा टीकापुर–१, ब्लक नं १४ कि सिमा कठरियालाई १० हजार नगद र प्रशंसापत्रसहित पुस महिनाको उत्कृष्ट पाठक पुरस्कार प्रदान गरिएको छ ।
विहीवार सरस्वती पूजाका दिन एक विशेष समारोहबीच वीरेन्द्र विद्यामन्दिर मावि टीकापुरका पूर्व प्रधानध्यापक एवम् साहित्यकार धनन्जय तिमिल्सिनाले बिजेता सीमा कठरियालाई उक्त पुरस्कार हस्तान्तरण गरे ।
सो अवसरमा तिमिल्सिनाले पढने संस्कृति घटदै गएको बेला सरोकार समूहले पाठकमा अध्ययनतर्फ रुचि बढाउन यो पुरस्कार ब्यवस्था गरेकोमा सन्तोष ब्यक्त गरे ।
टीकापुर सरोकार समूहको तर्फबाट पुस महिनाको पुरस्कारको सौजन्य हाल दक्षिण कोरियामा कार्यरत समूहका सदस्य रेवन्त रावलले गरेका थिए ।
कार्यक्रममा पुस्तकालय अध्यक्ष ताराप्रसाद जोशी लगायतले बिजेता सीमा कठरियालाई बधाई दिएका थिए ।
प्रत्येक महिना प्रदान गरिने उत्कृष्ट पाठक पुरस्कार टीकापुर सरोकार समूहले टीकापुर सामुदायिक पुस्तकालयको ब्यवस्थापन तथा मूल्याङ्कन सहयोगमा गत मंसिर महिनादेखि पुरस्कार प्रदान गर्दै आएको समूहका सचिव नवराज भट्टराईलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण