बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सीमा कठरिया बनिन् उत्कृष्ट पाठक, १० हजार रुपैयाँसहित पुरस्कृत

शुक्रबार, १३ माघ २०७९, १६ : ३७
शुक्रबार, १३ माघ २०७९

धनगढी । प्रायः पुस्तकालयमा पढ्न सदस्य बन्नुपर्छ । सदस्य बन्न पैसा तिर्नुपर्छ । समयमा पुस्तक फिर्ता नल्याए जरिवाना समेत तिर्नुपर्छ । तर पुस्तकालयमा नियमित पढ्न गएवापत पैसा पाइन्छ, त्यो पनि १० हजार, यस्तो सुन्दा अचम्म लाग्दैन त ?

हो यस्तै, अचम्मलाग्दो अभियान सुरु गरेको छ, टीकापुर सरोकार समूहले । टीकापुरमा पुस्तक अध्ययन संस्कृतिलाई बढावा दिन टीकापुर सामुदायिक पुस्तकालयमा आएर महिना भर अध्य्यन गर्नेमध्ये उत्कृष्ट एक पाठकलाई प्रत्येक महिना पुरस्कृत गर्ने कार्यक्रमको थालनी गरिएको छ ।

यसै क्रममा टीकापुर–१, ब्लक नं १४ कि सिमा कठरियालाई १० हजार नगद र प्रशंसापत्रसहित पुस महिनाको उत्कृष्ट पाठक पुरस्कार प्रदान गरिएको छ । 

विहीवार सरस्वती पूजाका दिन एक विशेष समारोहबीच वीरेन्द्र विद्यामन्दिर मावि टीकापुरका पूर्व प्रधानध्यापक एवम् साहित्यकार धनन्जय तिमिल्सिनाले बिजेता सीमा कठरियालाई उक्त पुरस्कार  हस्तान्तरण गरे । 

सो अवसरमा तिमिल्सिनाले पढने संस्कृति घटदै गएको बेला सरोकार समूहले पाठकमा अध्ययनतर्फ रुचि बढाउन यो पुरस्कार ब्यवस्था गरेकोमा सन्तोष ब्यक्त गरे ।
    टीकापुर सरोकार समूहको तर्फबाट पुस महिनाको पुरस्कारको सौजन्य हाल दक्षिण कोरियामा कार्यरत समूहका सदस्य रेवन्त रावलले गरेका थिए । 
कार्यक्रममा पुस्तकालय अध्यक्ष ताराप्रसाद जोशी लगायतले बिजेता सीमा कठरियालाई बधाई दिएका थिए । 
प्रत्येक महिना प्रदान गरिने उत्कृष्ट पाठक पुरस्कार टीकापुर सरोकार समूहले टीकापुर सामुदायिक पुस्तकालयको ब्यवस्थापन तथा मूल्याङ्कन सहयोगमा गत मंसिर महिनादेखि पुरस्कार प्रदान गर्दै आएको समूहका सचिव नवराज भट्टराईलाई जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप