राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक रद्द, संयमित हुन नेता कार्यकर्तालाई आह्वान
शुक्रबार, १३ माघ २०७९, २० : ४६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वनिर्धारित पार्टीको बैठक रद्द गरेको छ । सर्वोच्च अदालतले सभापति रवि लामिछानेको नागरिकता अवैध भएको ठहर गरेसँगै पार्टीले पुर्वनिर्धारित बैठक रद्द गरेको हो।
केन्द्रीय समितिको निर्णय बमोजिम पर्टीले माघ १४ देखि सबै प्रदेशमा प्रदेश समितिहरूको विस्तारित बैठक आह्वान गरेको थियो । यस्तै संगठन विस्तारका सबै कार्यक्रमहरू पनि अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको प्रवक्ता मुकुल ढकालले जनाएका छन् ।
साथै पार्टीका लागि चुनौतीको यस घडीमा सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुलाई संयमता साथ प्रस्तुत हुन समेत अनुरोध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्याण्डकी राजकुमारीको निधन
-
ट्रम्पले इरान युद्धबारे सकारात्मक खबर सुनाएसँगै तेलको मूल्य घट्यो
-
केन्द्रले कर्णालीमा अनुदान बढायो, प्रमुख चुनौती कार्यान्वयन
-
मखाना खानु अघि सोच्नै पर्छ यी मानिसले
-
सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ ५ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण