राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक रद्द, संयमित हुन नेता कार्यकर्तालाई आह्वान
शुक्रबार, १३ माघ २०७९, २० : ४६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वनिर्धारित पार्टीको बैठक रद्द गरेको छ । सर्वोच्च अदालतले सभापति रवि लामिछानेको नागरिकता अवैध भएको ठहर गरेसँगै पार्टीले पुर्वनिर्धारित बैठक रद्द गरेको हो।
केन्द्रीय समितिको निर्णय बमोजिम पर्टीले माघ १४ देखि सबै प्रदेशमा प्रदेश समितिहरूको विस्तारित बैठक आह्वान गरेको थियो । यस्तै संगठन विस्तारका सबै कार्यक्रमहरू पनि अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको प्रवक्ता मुकुल ढकालले जनाएका छन् ।
साथै पार्टीका लागि चुनौतीको यस घडीमा सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुलाई संयमता साथ प्रस्तुत हुन समेत अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रमबारे ज्ञानेन्द्र : नखाऊँ भने दिनभरीको सिकार, खाउँ भने कान्छाबाउको अनुहार
-
नेपाली एसटीसी ब्याट्री उद्योगको उत्पादन आयातितभन्दा ४० प्रतिशत सस्तो, भारतमा निर्यात सुरु
-
‘हामीलाई ५/१० दिनमा लाइसेन्स चाहिएको छ, यता पानीजहाज कार्यालय उद्घाटन गर्ने काम हुँदैछ’
-
पाँच करोडभन्दा बढी रकम दुरुपयोग गरेको भन्दै बारा हुलाक कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
-
ट्यारिफको कारण अमेरिकामा महँगी बढेको आशङ्का
-
बीसीसीआईको निर्णयले पञ्जाबका समर्थकलाई झट्का