राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठक
शुक्रबार, १३ माघ २०७९, २२ : ४२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार राति केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेको नागरिकतामा कैफियत देखाउँदै सर्वोच्च अदालतले विपक्षमा फैसला सुनाएसँगै उक्त पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको हो ।
सर्वोच्को फैसलापछिको अवस्थामाथि छलफल गर्न आकस्मिक बैठक बोलाइएको सो पार्टीका एक नेताले बताएका छन् । सर्वोच्च अदालतको आदेशपछि लामिछानेको सांसद पद, उपप्रधानमन्त्री तथा गृहमन्त्री, पार्टी सभापति र पार्टी साधारण सदस्यतासमेत खारेज भएको छ । बैठकमा सभापति चयन लगायतका विषयमा पनि छलफल हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण