सातामा ६०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले उकालो लागेको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार ६०० रुपैयाँ प्रतितोलाले बढेको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ४ हजार ७०० रुपैयाँ थियो । जुन, ६०० रुपैयाँले बढ्दै हिजो शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ३०० रुपैयाँ कायम छ ।
यो साता नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान नै कायम गर्यो । नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६हजार ९०० रुपैयाँसम्म पुगेर फर्किएको छ । यही साताको बिहीबार नेपाली बजारमा सुनले उक्त मूल्य कायम गरेको हो ।
साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ थियो । यस्तै, सोमबार ३ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार एकै दिन एक हजार रुपैयाँ प्रतितोला बढेको थियो । यसका साथै, बुधबार तोलामा १०० ले घटे पनि बिहीबार ७०० ले बढ्दै हालसम्मकै उच्च मूल्य कायम गरेको थियो । जुन, शुक्रबार ११ सय रुपैयाँले घटेर तोलामा १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको हो ।
यस्तै, यो साता चाँदीको मूल्य समेत सामान्य वृद्धि देखिएको छ । सातामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ । जुन, गत साताको शुक्रबार तोलामा १३ सय ७५ रुपैयाँ कायम भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण