समाचार
रास्वपाको सभापतिमा लामिछानेको पुनर्बहाली
आइतबार, १५ माघ २०७९, १७ : ०९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अध्यक्षमा रवि लामिछानेको पुनर्बहाली भएको छ । आइतबार बसेको रास्वपाको केन्द्रीय कार्यसमिति बैठकले लामिछानेलाई सभापतिमा पुनर्बहाली गरेको हो ।
रास्वपाका महासचिव तथा प्रवक्ता डा.मुकुल ढकालले भने, ‘आजको बैठकमा उहाँलाई आमन्त्रित केन्द्रीय दसस्यका रुपमा बोलाइएको थियो । बैठकले उहाँलाई सभापतिमा पुनर्बहाली गरेको छ ।’
सर्वोच्च अदालतले शुक्रबार लामिछानेलाई गैरनागरिक ठहर गरेपछि रास्वपाको सभापतिबाट स्वतः पदमुक्त भएका थिए । आइतबार नागरिकता पुनः प्राप्तिपछि लामिछाने पार्टी सभापतिमा फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युनलाई थप ३० वर्ष जेल सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि सुनुवाइ हुँदै
-
१३ वर्षपछि रियल मड्रिडमा मरिन्होको पुनरागमन
-
ट्रेड युनियनहरू खारेज विरुद्धको रिटमा सुनुवाइ सुरु
-
नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य छनोट प्रक्रियाविरुद्धको रिट न्यायाधीश ढुङ्गाना र थापाको इजलासमा
-
डेटा सङ्कलन मात्र होइन, निर्णय लिन सिकाउने नेपाली प्रविधि ‘गिगा ईआरपी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण