समाचार
रास्वपाको सभापतिमा लामिछानेको पुनर्बहाली
आइतबार, १५ माघ २०७९, १७ : ०९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अध्यक्षमा रवि लामिछानेको पुनर्बहाली भएको छ । आइतबार बसेको रास्वपाको केन्द्रीय कार्यसमिति बैठकले लामिछानेलाई सभापतिमा पुनर्बहाली गरेको हो ।
रास्वपाका महासचिव तथा प्रवक्ता डा.मुकुल ढकालले भने, ‘आजको बैठकमा उहाँलाई आमन्त्रित केन्द्रीय दसस्यका रुपमा बोलाइएको थियो । बैठकले उहाँलाई सभापतिमा पुनर्बहाली गरेको छ ।’
सर्वोच्च अदालतले शुक्रबार लामिछानेलाई गैरनागरिक ठहर गरेपछि रास्वपाको सभापतिबाट स्वतः पदमुक्त भएका थिए । आइतबार नागरिकता पुनः प्राप्तिपछि लामिछाने पार्टी सभापतिमा फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर