माओवादी केन्द्रको स्थायी समिति बैठक दुई दिनपछि सर्यो
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक दुई दिनपछि सारिएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बोलाइएको पदाधिकारी बैठकमा नेताहरूको कार्य विभाजनको विषयमा कुरा नमिलेपछि माघ १७ गते (भोलि)का लागि सारिएको स्थायी समिति बैठक माघ १८ गते (पर्सी)का लागि बोलाउने निर्णय गरिएको हो ।
पार्टीको संगठनसम्बन्धि होमवर्क नसकिएकाले भोलि पनि पदाधिकारी बैठक बसेर आवश्यक निर्णय गरी स्थायी समिति बैठक पर्सीका लागि सार्ने निर्णय गरिएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।
नेकपा (माओवादी केन्द्र)को जारी स्थायी समिति बैठकमा नेताहरूको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो । त्यसमा सहमति जुटाउन आज पदाधिकारी बैठक बोलाइएको थियो ।
पदाधिकारी बैठकले सो विषयमा टुंगो लगाउन नसक्ने भएपछि मंगलबार बोलाइएको स्थायी समिति बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो । बैठकमा गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल नभएको पनि उपाध्यक्ष महराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु वर्षमा २७५ निर्माण कम्पनी कालोसूचीमा, ३२ कम्पनी निलम्बन पर्दा १० को फुकुवा
-
छानबिनमा परेका तत्कालीन महानिर्देशक ढकाल मन्त्रालयमा हाजिर गर्दै
-
पहिरोका कारण स्याङ्जाको दुई ठाउँमा सडक अवरुद्ध
-
देशका विभिन्न स्थानमा ५ वर्षीया बालिकासहित चार जना मृत फेला
-
रास्वपाका केन्द्रीय सदस्यलाई प्रमाणपत्रसहित रविले दिए घण्टी उपहार
-
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण