प्रचण्डले सकारात्मक जवाफ नदिएपछि चिढियो रास्वपा, रविले थाले आन्तरिक छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउनुपर्ने माग सो पार्टीले राखेपनि प्रधानमन्त्री प्रचण्ड सकारात्मक देखिएका छैनन् । प्रचण्डले मंगलबार बालुवाटारमा भएको भेटवार्तामा रविलाई सकारात्मक जवाफ नदिएपछि रास्वपा चिढिन पुगेको छ ।
आफूलाई प्रचण्डले सकारात्मक जवाफ नदिएपछि अब कसरी अघि बढ्ने भन्नेबारे रविले पार्टीमा छलफल थालेका छन् । सभापतिले अब कसरी अघि बढ्ने भन्नेबारे छलफल थालेको एक नेताले जानकारी दिए । ‘पार्टीको केन्द्रीय समिति बैठकबाट नै सभापतिलाई पुनः गृहमन्त्रीको रुपमा सरकारमा सहभागी गराइनुपर्छ भनेर निर्णय भएको हो । सोही अडानमा हामी कायम छौँ’, ती नेताले भने । ती नेताका अनुसार पार्टीभित्र छलफलका आधारमा आवश्यक निर्णय लिइनेछ । उनका अनुसार सरकारमा रहिरहने या बाहिरिने भन्नेमा आवश्यक निर्णय हुनेछ ।
सभापति लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले पनि सभापतिले पार्टीको निर्णयअनुसार प्रधानमन्त्रीसहित दलका नेताहरुसँग छलफल गरिरहेका छन् । आज बिहानमात्रै पनि प्रधानमन्त्री प्रचण्डसँग सभापतिले छलफल गरेको बताउँदै उनले पार्टीको निर्णयमा कुनै दायाँबायाँ नहुने बताए । ‘पार्टीले गरेको निर्णय र पार्टीले बैठकपछि प्रेस मिट गरेर सार्वजनिक गरेको धारणा कायम छ’, उनले भने, ‘हामी सोहीअनुसार हुनुपर्छ भन्नेमा छौँ।’ उनले सत्ता साझेदार दललाई माग पुरा गर्नका लागि कुनै अल्टिमेटम भने नदिइएको उनको भनाइ छ ।
तर प्रचण्डले लामिछानेलाई मंगलबारको छलफलमा सकारात्मक जवाफ दिएका थिएनन् ।
‘प्रधानमन्त्रीले रविजीको विषयमा महान्यायाधिवक्ता, कानुनविद्हरुसँग परामर्श गर्नुभयो । नागरिकताको केश सुल्झिएपनि पासपोर्टको केशले गाह्रो बनाउँछ । यस्तो अवस्थामा उहाँलाई गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउँदा सरकारलाई र रविजीलाई समेत राम्रो गर्दैन भन्ने बुझाइ छ’, प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यू उहाँको सबै विषय नसुल्झिएसम्म फर्काउन सकारात्मक हुनुहुन्न । उहाँ भने पुरानै जिम्मेवारीमा फर्किन आतुर देखिनुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक, के-के भयो ?
-
नेप्से परिसूचकमा लगातार गिरावट
-
ठुलो संरचनात्मक क्रमभंगता नगरे देशलाई सङ्कटबाट बचाउन सकिँदैन : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
-
रसुवा जिल्लाको उच्च हिमाली क्षेत्रमा टेलिकमको फोरजी मोबाइल सेवा विस्तार
-
१५ प्रतिशतभन्दा माथि बेरुजु हुने स्थानीय तह एउटा मात्रै
-
जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण : नेता भट्टराई