बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जनबोली : लामिछानेले मन्त्री हुन गरेको दौडधुपलाई कसरी हेर्नुहुन्छ ?

मङ्गलबार, १७ माघ २०७९

काठमाडौं । नागरिकता विवादमा मुछिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद र मन्त्री पद गुमाएका छन् । सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलाले लामिछानेका चार पद एकैपटक गएपनि आइतबार प्रक्रिया पुर्याएर नेपाली नागरिकता सक्रिय बनाइसकेका छन् । नागरिकता सक्रिय भएसँगै लामिछाने पार्टी सभापति पदमा भने पुनर्बहाली भैसकेका छन् । नागरिकताको विषय सम्बोधन भएपनि लामिछानेको राहदानी विवाद कायमै छ । यसै अवस्थामा लामिछाने पुन उपप्रधानसहित गृहमन्त्री पाउनुपर्ने भन्दै दौडधुपमा लागेका छन् । ‘नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछाने पुन मन्त्री हुन गरेको दौडधुपलाई कसरी हेर्नुहुन्छ ?’ भनेर रातोपाटीले सर्वसाधारणलाई प्रश्न गरेको छ । हेरौ उनीहरुको जवाफ जस्ताको तस्तै 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया