अपडेट
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
सोमबार, ०८ असार २०८३, २० : ५५
सारांश
- कोटेश्वरस्थित भाटभटेनी नजिकै बा.१४ च ४८२० नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेका चार वटा मोटरसाइकललाई ठक्कर दिँदा ५ जना घाइते भएका छन् ।
- घाइते ५ जनालाई उपचारका लागि बिएण्डबी अस्पताल पठाइएको छ ।
- प्रहरीले कार चालक भीष्म श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौँ । काठमाडौँको कोटेश्वरस्थित भाटभटेनी नजिकै दुर्घटना भएको छ । सातदोबाटोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा.१४ च ४८२० नम्बरको कारले सोमबार विपरीत दिशातर्फ जाँदै गरेका चार वटा मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारको लागी ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
घाइतेहरू मध्ये एकजनाको अवस्था गम्भीर छ । कार चालक विराटनगर घर भएर सिनामंगल बस्ने ४५ वर्षीय भीष्म श्रेष्ठलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण