सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

भरतपुरले ल्यायो ५ अर्ब ५१ करोडको बजेट

सोमबार, ०८ असार २०८३, १८ : ४२
सोमबार, ०८ असार २०८३

सारांश

  • भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब ५१ करोड ७० लाख २३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
  • चालु आर्थिक वर्षको तुलनामा २९ करोड रुपैयाँ बजेट बढाएर प्रस्तुत गरिएको यो बजेटमा आन्तरिक आयबाट २ अर्ब १७ करोड ७३ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ ।
  • आगामी आर्थिक वर्षको बजेटमा जिआइएसमा आधारित सूचना प्रणाली, फोहर मैला प्रशोधन केन्द्र, क्रिकेट रंगशाला निर्माण, जंगली जनावर छेक्न मेसजाली, आयुर्वेद अस्पताल र साइकल लेन जस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब ५१ करोड ७० लाख २३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

सोमबार बसेको भरतपुर महानगरपालिकाको १९ औं नगरसभामा कार्यवाहक मेयर चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि ५ अर्ब ५१ करोड ७० लाख २३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

भतरपुर माहनगरपालिकाले चालु आर्थिक वर्षको तुलनमा २९ करोड रुपैयाँ बजेट बढाएर प्रस्तुत गरेको छ । भरतपुरले चालु आर्थिक वर्षको बजेट ५ अर्ब २२ करोड रुपैयाँको बजेट कार्यान्वयन गर्दै आएको छ ।

नगरसाभामा पेश गरेको बजेटको खर्च बेहोर्नेतर्फ आन्तरिक आयबाट २ अर्ब १७ करोड ७३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको कार्यवाहक मेयर अधिकारीले बताए । चालु आर्थिक वर्षमा पुँजीगत खर्च कम भएको उनले बताए । जेनजी आन्दोलनका क्रममा भएको क्षति, प्रतिनिधिसभा निर्वाचन, इरान, अमेरिका युद्धले इन्धनको मूल्यवृद्धि भएका कारण विकास निर्माणमा सुूतता देखिएको उनको भनाइ छ ।

उनका अनुसार भतपुर महानगरपालिकाको राजस्व संकलनको लक्ष्य भन्दा केही कम रहेको उनले बताए । चालु आर्थिक वर्षमा भरतपुरले आन्तरिक आयतर्फ राजस्व संकलन १ अर्ब ८० करोड रुपैयाँको लक्ष्य राखेकोमा जेठसम्म १ अर्ब २५ करोड ६७ लाख रुपैयाँ मात्रै संकलन भएको उनले बताए ।

भरतपुर माहनगरपालिकाले आगामी आर्थिक वर्षमा जिआइएसमा आधारित सूचना प्रणाली, पीपीपी मोडल (सार्वजनिक निजी साझेदारी)मा फोहर मैला प्रशोधन केन्द्र स्थापना गर्ने जस्ता कार्यक्रम अघि बढाएको छ भने रामपुरको निर्माणधीन क्रिकेट रंगशाला निर्माणका लागि १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

निकुञ्जसँग जोडिएको बस्तीमा जंगली जनावरलाई छेकबार लगाउन फाउण्डेशनसहित मेसजाली बनाउने कार्यक्रमलाई निरञ्तरता दिने, वडा १५ मा १ सय शैयाको आयुर्वेद अस्पताल बनाउने, भरतपुरलाई साइकल लेन बनाउने कामलाई प्राथमिकतामा राखेर अघि बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप