पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
सोमबार, ०८ असार २०८३, १९ : ०७
पोखरा । पोखरा महानगरपालिका–६ लेकसाइड नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु भएको छ भने युवती गम्भीर घाइते भएकी छन् ।
बुलौंदीको ओरालोमा शनिबार राति ग९प ९४२५ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक पोखरा ३३ बागमाराका २३ वर्षीय विवश मल्ल ठकुरीको मृत्यु भएको हो । टाउको र छातिमा चोट लागेका उनको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख इन्स्पेक्टर अजित कुमार देवकोटाले जानकारी दिए ।
उनका अनुसार मोटरसाइकलको पछाडि सवार सिन्धुली कमलामाई नगरपालिका ९ घर भई काठमाडौँ मुलपानी बस्दै आएकी १७ वर्षीया रविना ढुङ्गेल गम्भीर घाइते भएकी छन् । उनको टाउको र अनुहारमा चोट लागेको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको देवकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण