२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
सारांश
- विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाट २० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर चोरी भएको छ।
- सो ट्याङ्कर आज बिहान सुनसरीको बर्जुस्थित हुलाकी सडक खण्डमा फेला परेको थियो र अहिले सुनसरी प्रहरीको नियन्त्रणमा छ।
- प्रारम्भिक नापजाँच गर्दा ट्याङ्करबाट झन्डै १ हजार देखि १२ सय लिटर तेल चोरी भएको अनुमान गरिएको छ।
विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै २० हजार लिटर पेट्रोल बोकेको एउटा ट्याङ्कर नै चोरी भएको छ ।
पार्किङमा राखिएको नवीन ढुवानी सेवाको को १ ख ६१९० नम्बरको ट्याङ्कर गएराति चोरी भएको हो । खोजी गर्ने क्रममा उक्त ट्याङ्कर आज बिहान सुनसरीको बर्जुस्थित हुलाकी सडक खण्डमा फेला परेको थियो । उक्त ट्याङ्कर अहिले सुनसरी प्रहरीको नियन्त्रणमा छ ।
ट्याङ्कर धनी नवीन कर्णका अनुसार ट्याङ्करमा २० हजार लिटर पेट्रोलियम पदार्थ थियो । भारतको सिलीगुढीबाट तेल लोड गरेर आइतबार साँझ ८ बजे पार्किङमा प्रवेश गरेको थियो । निगमको क्यु (लाइन) मा सो ट्याङ्कर राखिएको थियो । ‘हामी सबै जना आयल निगममा तालिममा थियौँ, बिहान साढे ८ बजेतिर मात्र गाडी नभएको थाहा पायौँ,’ कर्णले भने । चालकहरू तालिममा रहेको मौका छोपेर ट्याङ्कर चोरी भएको हुनसक्ने उनले बताए ।
प्रारम्भिक नापजाँच गर्दा ट्याङ्करबाट झन्डै १ हजार देखि १२ सय लिटर तेल चोरी भएको कर्णले बताए । ‘२० हजार लिटर तेल थियो, अहिले नापजाँच गर्दा हजार–बाह्र सय लिटर तेल पुग्दैन कि भन्ने अनुमान छ,’ उनले भने ।
मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङ, ढुवानी प्रतिनिधि र निगमका अधिकारीहरूको रोहबरमा मुचुल्का उठाएर ट्याङ्करलाई डिपोमा ल्याइने तयारी गरिएको छ । आयल निगम कोशी प्रादेशिक कार्यालय विराटनगरका प्रमुख पुष्कर कार्कीले पनि ट्याङ्कर चोरी भएको पुष्टि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
-
अन्योलमै बित्यो दिन, न सुरु भयो बन्दसत्र न प्रकाशन भयो नामावली (तस्बिरहरू)
-
भरतपुरले ल्यायो ५ अर्ब ५१ करोडको बजेट
-
विष्णु पौडेललाई सुर्खेतबाट नेपालगञ्ज लगियो
-
कार्यक्रमस्थलबाटै यसरी पक्राउ परे एमाले उपाध्यक्ष पौडेल
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण