विराटनगरको औद्योगिक क्षेत्रमा लगातार लोडसेडिङ किन भइरहेको छ ?

विराटनगर । विगत एक महिना अगाडिदेखि विराटनगरको औद्योगिक क्षेत्रमा लगातार जसो बिहान र बेलुका लोडसेडिङ भइरहेको छ ।
विद्युत् प्राधिकरणले उद्योगीलाई बेलुका वा बिहान दैनिक जसो साढे २ घण्टादेखि तीन घण्टासम्म उद्योगमा विद्युत् आपूर्ति बन्द हुनसक्ने सूचना दिने गरेको छ । जसका कारण २४ सै घण्टा चल्ने उद्योगहरूमा समस्या थपिएको छ ।
विद्युत् आपूर्तिसम्बन्धी जानकार विराटनगरका उद्योगी राकेश सुरानाले बिहान ३ घण्टा बेलुका ४ घण्टासम्म भइरहेको बताए । ‘बहुत नराम्रो अवस्था छ । यो विद्युत् प्राधिकरणको मिस म्यानेजमेन्ट हो । लोडसेडिङ पनि भनिरहेको छैन । तर, लोडसेडिङ भइरहेको छ,’ सुरानाले भने ।
उनका अनुसार प्लास्टिक र लोहाको उद्योगहरूले ६० प्रतिशत उत्पादन कटौती गरेका छन् । ‘यसको विषयमा विद्युत् प्राधिकरणको डाइरेक्टर कुलमान घिसिङसँग पनि कुरा भएको छ । सबैले यस्तो उस्तो मात्रै कुरा गर्छन् समाधान भएको छैन । उहाँहरूले आफ्नो गुडविललाई मात्रै जोगाइराखे जस्तो लाग्छ,’ सुरानाले भने, ‘संघको ऊर्जा मन्त्रीलाई पनि विस्तृत जानकारी गराएका छौँ ।’
विद्युत् नपुग्नुको कारण भारतबाट आयात नहुनु हो । खोलाबाट उत्पादित विद्युत् आयोजनामा हाल पानीको सतह घटेको छ । जसका कारण विद्युत् उत्पादन पनि घटेको छ । जसका कारण डिमान्ड र सप्लाइको म्यानेजमेन्ट गर्न प्राधिकरणलाई समस्या परिरहेको छ ।
उद्योगी सुराना प्राधिकरणले बरु हप्ताको १ दिन वा दुई दिन पुरै उद्योग बन्द गराए आफूहरूलाई सहज हुने बताउँछन् । ‘उद्योगलाई हप्ताको एक दिन वा दुई दिन पुरै बन्द गर्न पाए हुने थियो । दिनै पिच्छे लोडसेडिङ गर्दा उत्पादनमा प्रभाव पर्यो,’ उनले भने ।
यो समस्या समाधान कहिले हुन्छ भन्ने विषयमा पनि चित्तबुझ्दो जानकारी नदिएको उनी बताउँछन् । ‘वर्षाको सिजनमा मात्रै यो समस्या समाधान हुन्छ भन्ने कुरा उहाँहरूले गर्नुभएको छ,’ सुरानाले भने ।
तर, भारतबाट नियमित विद्युत् आयात हुन नसक्नुको कारण मूल्य रहेको सुराना बताउँछन् । यसको समाधानका लागि प्रधानमन्त्रीस्तरबाटै भारतसँग छलफल चलाउनु पर्ने आवश्यकता रहेको उनी बताउँछन् ।
उद्योग संगठन मोरङका प्रबन्ध निर्देशक चुँडामणी भट्टराईले गत पुस १३ गते ( डिसेम्बर २८)देखि बिहान ७ देखि १० र बेलुका साढे ५ बजेदेखि साढे ८ बजेसम्म लोडसेडिङको म्यासेज आउँने गरेको सुनाए । नेपाल विद्युत् प्राधिकरणले भारतबाट विद्युत् आयात गर्न दैनिक टेन्डर हाल्नुपर्छ । टेन्डर हाल्दा सस्तो हाल्ने गरेका कारण विद्युत् आयातमा समस्या भएको हो । ‘टेन्डर पर्दा उद्योग चलाउनु भन्छ, टेन्डर नपर्दा उद्योग बन्द गर भन्छ,’ भट्टराईले भने ।
प्रदेश १ मा पिक आवरको डिमाण्ड २५० मेगावाट रहेको छ । वर्षायाममा प्रदेशको उत्पादनले नै धान्ने अवस्था रहे पनि हिउँदको समयमा भने झन्डै ८० प्रतिशत विद्युत् उत्पादनमा कमी आउँदा भारतको कटैयाबाट विद्युत् आयात गर्नुपर्ने अवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीमा ओशो महोत्सव हुँदै
-
कोरोना निरन्तर उकालो, थप ३४ जनामा सङ्क्रमण पुष्टि
-
‘जनप्रतिनिधिहरुले पनि मिटरब्याजी पीडितहरुको समस्यालाई नकार्ने गरेका छन्’
-
एकपछि अर्को गर्दै राजावादीलाई भेट्दै पूर्वराजा ज्ञानेन्द्र शाह
-
ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न
-
पन्तको गुनासो, ‘प्रधानमन्त्री रमाउँदै, हल्लिँदै संसद् आउनुहुन्छ’